५ साउन,काठमाण्डाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा आयोगको टोलीले उनलाई सोमबार साँझ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
यादवले सेवाग्राहीबाट वन पैदावारसम्बन्धी काम सहजीकरण गरिदिए बापत उक्त घुस रकम लिएको अख्तियारले जनाएको छ।
अख्तियारको महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिकास्थित उनको कार्यालय परिसरबाटै उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। यस घटनाले वन क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियता बढाएको सन्देश दिएको छ।









प्रतिक्रिया दिनुहोस् !