२४ जेठ बारा / भारतिय प्रहरिकाे कुटाईबाट एक नेपाली युवा घाईते भएका छन । चप्पल किन्न भारतिय बजार आदापुर जाँदै गरेकाे कलैया उपमहानगरपालिका वर्डा नम्बर १० मटिअर्वाका १६ बर्षिय भुलन ठाकुर घाईते भएका छन । उनकाे शरिरमा गम्भीर चाेट रहेकाे स्थानिय अबुलेसले छानबिनलाई बताएका छन । घाईतेलाई उपचारकाे लागि नारायणि अस्पताल बिरगञ्ज पठाईएकाे छ । ठाकुर घाईते भएपछि उनका आफन्त र स्थानियले दाेषि भारतिय सिमा सुरक्षा बलका जवान माथि कार्यबाहिकाे मांग गर्दै मटिअर्वाकाे सिमा नाकामा रहेकाे मुलगेट बन्द गरेर प्रदर्शन गरिरहेका छन । स्थिति नियन्त्रणमा लिन अहिले साे नाकामा दुबै तिर बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । समस्या सामाधान गर्न सिका सुरक्षा बल नेपाल 12 नम्बर गणका शसस्त्र प्रहरी नायव परिक्षक ध्रुब खडका र भारतिय सिमा सुरक्षा बल बिच बार्ता भईरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस् !