२४ जेठ, काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो । ११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !