४ साउन,काठमाण्डाैं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) यौन शोषणको आरोपमा पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराका अनुसार झालाई पक्राउ गरी ५ दिनको म्याद थप गरिएको छ।
पीडित युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरीका आधारमा प्रहरीले यो कदम चालेको हो। जाहेरीमा उल्लेख भएअनुसार, झा ले पीडितलाई १७ वर्षको उमेरदेखि नै यौन शोषण गर्दै आएका थिए।
उनीविरुद्ध गत चैत २५ गते नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी भएलगत्तै उनी भारत भागेको र पछिल्ला केही हप्तादेखि काठमाडौंमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
झा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए र २०७८ साउन ३२ गतेसम्म उक्त पदमा रहेका थिए।









प्रतिक्रिया दिनुहोस् !