४ साउन, बारा । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी मुसहर्वा, बाराबाट बरिष्ट प्रहरी नायव निरिक्षक जीवन खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ८:३० बजे बाराको विश्रामपुर गाउँपालिका वडा नं. ४, बलिरामपुर स्कुल नजिकबाट सावन शर्मालाई पक्राउ गरेको हो।
भारततर्फ जाँदै गरेका शर्माले पिठ्युँमा बोकेको कालो झोला शंका लागेर जाँच गर्दा सो झोलाभित्र लुकाएर राखिएको ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, सितामढी जिल्ला डुमरा बस्ने रामअशिष शर्माका २९ वर्षीय छोरा सावन शर्मा रहेका छन्। निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।









प्रतिक्रिया दिनुहोस् !