Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराको छतवा नाकाबाट फर्मालिनयुक्त माछाको तस्करी: एसपी केसीमाथि आर्थिक प्रभावको आरोप

admin
admin
July 19, 2025
बाराको छतवा नाकाबाट फर्मालिनयुक्त माछाको तस्करी: एसपी केसीमाथि आर्थिक प्रभावको आरोप
550
SHARES
ShareTweetSubscribe

२ साउन,बारा । बारा जिल्लाको छतवा नाकाबाट भारतीय फर्मालिनयुक्त माछाको व्यापक तस्करी भइरहेको पाइएको छ।

सशस्त्र प्रहरी बलका एसपी खुमबहादुर केसीलाई आर्थिक प्रभावमा पारेर तस्कर समूहले दैनिक रातिको समयमा ७-८ गाडी भारतीय माछा नेपाल भित्र्याइरहेको आरोप लागेको छ। यसले एकातिर स्थानीय माछा व्यवसायी मारमा परेका छन् भने अर्कोतिर फर्मालिनयुक्त माछाको उपभोगले जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ।

नेपालमै प्रशस्त स्वस्थ र जिउँदो माछा उपलब्ध हुँदाहुँदै पनि भारतको आन्ध्र प्रदेशबाट रक्सौल बजारसम्म ल्याइने माछाहरू नेपालको सीमावर्ती नाका छतवाबाट निर्वाध रूपमा भित्र्याइँदैछ। यी माछाहरूलाई ताजा देखाउनका लागि फर्मालिनको प्रयोग गरिन्छ।

फर्मालिन एक प्रकारको रसायन हो जुन सामान्यतया मृत शरीरलाई सड्नबाट जोगाउन प्रयोग गरिन्छ। यस्तो रसायन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ।

* फर्मालिनयुक्त माछाको उपभोगले स्वास्थ्यमा पर्ने गम्भीर प्रभावहरू
फर्मालिनको प्रयोगले माछा लामो समयसम्म ताजा देखिए पनि यसले मानव शरीरमा विभिन्न किसिमका नकारात्मक असरहरू पार्छ। फर्मालिन एक कार्सिनोजेनिक (क्यान्सर गराउने) रसायन हो। यसको नियमित उपभोगले विभिन्न प्रकारका क्यान्सर, विशेषगरी नाक, घाँटी र रगतसम्बन्धी क्यान्सरको जोखिम बढाउँछ। यसले पाचन प्रणालीमा नकारात्मक असर पुर्‍याउँछ, जसका कारण पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने र पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छन्।

फर्मालिनको वाफ वा यसको कण शरीरमा प्रवेश गर्दा श्वासप्रश्वाससम्बन्धी समस्याहरू, जस्तै खोकी, घाँटी दुख्ने, दम र ब्रोन्काइटिस निम्त्याउन सक्छ। यसले स्नायु प्रणालीमा पनि असर गर्न सक्छ, जसका कारण टाउको दुख्ने, चक्कर लाग्ने, स्मरणशक्तिमा कमी आउने जस्ता लक्षणहरू देखिन सक्छन्।

लामो समयसम्म फर्मालिनयुक्त खानाको सेवनले किड्नी र कलेजोमा क्षति पुर्‍याउन सक्छ, किनकि यी अंगहरूले शरीरबाट विषाक्त पदार्थ हटाउने काम गर्छन्। फर्मालिनको सम्पर्कबाट छालामा चिलाउने, रातो हुने र अन्य एलर्जीका लक्षणहरू देखिन सक्छन्।

* अन्य नाकामा विरोध, छतवामा तस्करी जारी
मटिअर्वा नाका र सिम्रौनगढ नाकामा स्थानीयबासीको विरोधका कारण तस्करी ठप्प रहेको बेला छतवा नाकाबाट भने निर्बाध रूपमा तस्करी भइरहेको छ। यसरी खुलेआम फर्मालिनयुक्त माछाको तस्करीले जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ।

* तस्करीमा संलग्न व्यक्तिहरूको नाम सार्वजनिक
विभिन्न सामानको तस्करीमा संलग्न केही व्यक्तिहरूको नाम पनि सार्वजनिक भएको छ। कपडा तस्करीमा चन्दन कलवार, नजिर, शोभा, उमेश, जयराम, प्रकाश जस्ता व्यक्तिहरू सक्रिय छन् भने ,काजु तस्करीमा प्रेम र टेबरक (५ वटा साइकलबाट) संलग्न रहेको बताइएको छ। कार्पेट र जिरा तस्करी सुरेन्द्रले गर्ने गरेको देखिन्छ। माछा तस्करीमा डा. रिजवानको नाम आएको छ।

चिनी, रजनीगन्धा र राज निवास गणेशको (१७ वटा टिम) संलग्नतामा भइरहेको छ भने रजनीगन्धा र रजनिवाशको तस्करी अनिलले गर्छन्। मुसहरवाका चिनी, ब्रान, मोटर (भारतबाट) र मकै (नेपालबाट भारत) को तस्करीमा संलग्न छन्। जुत्ता राजेश र टेबरक (५ वटा साइकलबाट) द्वारा तस्करी हुने गर्छ। हार्डवेयर दासिन, शेषनाथ, धन्सुनारले तस्करी गर्छन् भने दाल, चिनी, जिरा, खाद्यान्न विक्रमले (१८ वटा साइकलबाट) तस्करी गर्ने गरेको पाइएको छ। रजनीगन्धा र रजनिवाशको तस्करीमा दिनेशको पनि नाम जोडिएको छ।

सम्बन्धित निकायले यस विषयमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने र यस किसिमको तस्करीलाई रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ। के स्थानीय प्रशासन यस विषयमा गम्भीरतापूर्वक लाग्ला त?

Post Views: 2
Previous Post

वामदेव गौतमको हुंकार: 'सय वर्ष बाँच्छु, कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछु र समाजवाद ल्याउँछु

Next Post

सिम्रौनगढमा प्रहरी ज्यादती, अभाव र भन्सारको मागमा भएको आन्दोलन उधारो सहमतिमा टुङ्गियो

admin

admin

Next Post
सिम्रौनगढमा प्रहरी ज्यादती, अभाव र भन्सारको मागमा भएको आन्दोलन उधारो सहमतिमा टुङ्गियो

सिम्रौनगढमा प्रहरी ज्यादती, अभाव र भन्सारको मागमा भएको आन्दोलन उधारो सहमतिमा टुङ्गियो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.