२ साउन,काठमाडौं। पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालत वीरगन्ज इजलासको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत पुगेको छ।
उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन दर्ता गराएको हो। यसअघि गत असार २५ गते महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनका क्रममा रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा आलमसहितका व्यक्तिहरू पक्राउ परेका थिए। घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोप उनीहरूमाथि लागेको थियो।
गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण अभावमा आलमसहित सबै आरोपितलाई सफाइ दिएको थियो। अब यो मुद्दामा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्नेछ।









प्रतिक्रिया दिनुहोस् !