Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिम्रौनगढमा अनिश्चितकालीन बन्द र चक्काजाम: प्रहरी ज्यादती, मल अभाव र छोटी भन्सार सञ्चालन मुख्य माग

admin
admin
July 18, 2025
सिम्रौनगढमा अनिश्चितकालीन बन्द र चक्काजाम: प्रहरी ज्यादती, मल अभाव र छोटी भन्सार सञ्चालन मुख्य माग
750
SHARES
ShareTweetSubscribe

२ साउन,बारा । बाराको सिम्रौनगढमा प्रहरी ज्यादती, मलखादको अभाव र छोटी भन्सार सञ्चालनको माग गर्दै स्थानीय व्यवसायी र किसानहरूले अनिश्चितकालीन बजार बन्दसहितको आन्दोलन सुरु गरेका छन्। यो आन्दोलन बारा उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष लालबाबु कुशवाहाको नेतृत्वमा बिहीबारदेखि जारी छ।

आन्दोलनकारीहरूले सिम्रौनगढका विभिन्न स्थानमा टायर बालेर र नाराबाजी गर्दै पसलहरू बन्द गराएका छन्। यसै क्रममा सुक्रवार बम नहर सडक खण्डमा समेत टायर बालेर चक्काजाम गरिएको छ। उनीहरूले “प्रहरी ज्यादती मुर्दावाद,” “छोटी भन्सार सिम्रौनगढ सञ्चालन गर,” “सिम्रौनगढ छोटी भन्सारको स्तरोन्नति गर,” र “मलखाद बीउ उपलब्ध गराऊ” जस्ता नारा लगाएका छन्।

आन्दोलनका मुख्य मागहरूमा प्रहरी ज्यादतीको अन्त्य प्रमुख , सशस्त्र, जनपद, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय घुमुवा प्रहरीले किसान र व्यवसायीलाई अनावश्यक रूपमा दुःख दिएको उनीहरूको गुनासो छ।

विशेषगरी, भारतबाट मल र बीउ ल्याउँदा समेत प्रहरीले दुःख दिने गरेको किसानहरूले बताएका छन्।
त्यस्तै, मलखाद र बीउको सहज उपलब्धता अर्को महत्वपूर्ण माग हो। यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण मधेशमा धान रोपाइँ प्रभावित भएको छ। ७० प्रतिशत किसानले धान रोप्न नसकेको र ९० प्रतिशत खेत बाँझै रहेको अवस्थामा सरकारले समयमा मल र बीउ उपलब्ध नगराउँदा किसानहरू मर्कामा परेका छन्।

तेस्रो मागको रूपमा छोटी भन्सार सिम्रौनगढको सञ्चालन र स्तरोन्नति रहेको छ। सिम्रौनगढ छोटी भन्सार सञ्चालनमा नआउँदा र स्तरोन्नति नहुँदा यहाँका व्यवसायीहरू मर्कामा परेका छन्। वीरगन्ज र गौर भन्सार धाउनुपर्दा ढुवानी खर्च महँगो भएको र यसले सिम्रौनगढ बजारको व्यापार खस्किएको व्यवसायीहरूको भनाइ छ। छोटी भन्सारमा कर्मचारी नबस्ने र बसे पनि भन्सार राजस्व काट्ने अधिकार नहुँदा व्यापारी, किसान र सर्वसाधारण समस्यामा परेका छन्।

बारा उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबुप्रसाद कुशवाहाले प्रहरी र प्रशासनलाई पटक-पटक आग्रह गर्दा पनि प्रहरी ज्यादती नरोकिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन्। उनले आफ्ना मागहरू पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यस अनिश्चितकालीन आन्दोलनले सिम्रौनगढको जनजीवन थप प्रभावित हुने देखिएको छ।

Previous Post

नक्कली कागजात बनाई रोक्का जग्गा बिक्री गर्ने संजित चौधरी पक्राउ

Next Post

बाराको शुवर्ण गाउँपालिकामा 'यादव द्वय' को लुटः अख्तियार मौन, शून्य सहनशीलतामाथि प्रश्न

admin

admin

Next Post
बाराको शुवर्ण गाउँपालिकामा ‘यादव द्वय’ को लुटः अख्तियार मौन, शून्य सहनशीलतामाथि प्रश्न

बाराको शुवर्ण गाउँपालिकामा 'यादव द्वय' को लुटः अख्तियार मौन, शून्य सहनशीलतामाथि प्रश्न

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.