३२ असार,सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह रु. एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
बुधबार दिउँसो पौने २ बजेतिर मेयर साहले एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
हाल अख्तियारको टोली घटनास्थलमै मुचुल्कासहित थप अनुसन्धान गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस् !