३२ असार,बारा । बारा जिल्लाको मटिअर्वा नाकामा स्थानीय बासिन्दाले सशस्त्र प्रहरी बलविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन्।
स्थानीयको आरोप छ कि सशस्त्र प्रहरीले भारतको आदापुरबाट किसानहरूले आफ्नो व्यक्तिगत खेतमा प्रयोग गर्न ल्याएको मल नियन्त्रणमा लिएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।
खेतीपातीको सिजन चलिरहेका बेला सरकारले किसानहरूलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। मटिअर्वा र निलकण्ठवाका किसानहरूले मल अभावका कारण खेती गर्न कठिनाइ भइरहेको गुनासो गरेका छन्।
प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको कार्यले किसानहरूलाई थप मर्कामा पारेको भन्दै नाराबाजी गरेका थिए। उनीहरूले तत्काल नियन्त्रणमा लिएको मल फिर्ता गर्न र किसानहरूलाई निर्वाध रूपमा आवतजावत गर्न दिनुपर्ने माग राखेका छन्।
यस विषयमा सशस्त्र प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।









प्रतिक्रिया दिनुहोस् !