Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

जफाव चित्त नबुझेपछि ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री ओली

admin
admin
July 13, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

Oplus_16777216

600
SHARES
ShareTweetSubscribe

२९ असार,काठमाण्डाैं । विवादित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले हालै सार्वजनिक भएको अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौखिक स्पष्टीकरण दिँदै मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका हुन् । यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी छ ।

सरुवा र नियुक्ति विषयमा ७८ लाख रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि उनीविरुद्ध ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् ।

प्रधानमन्त्री ओलीले गुप्तासँग एक चरण कुराकानी गरिसकेका छन् । तर, उनको जवाफ चित्तबुझ्दो नभएपछि ओलीले कडा कदम चाल्ने तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।

यो विषय बाहिरिएपछि प्रधानमन्त्रीले के भएको हो भनेर मन्त्रीसँग पनि सोधपुछ गर्नुभएको छ । मन्त्रीज्यूले क्वार्टरमा पैसा छाडेर आफूअनुकूल अडियो रेकर्ड गराएर गएका हुन् भन्ने जवाफ दिनुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर, विषय पेचिलो बनेपछि प्रधानमन्त्री संघीय मामिला मन्त्रीविरुद्ध एक्सन लिने तयारीमा हुनुहुन्छ । शायद, झापाबाट फर्किएपछि कुनै कदम चाल्नुहुन्छ ।’

स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो । मन्त्रीको जवाफ चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले राजीनामा गराउने तयारी गरेको स्रोतले बतायो । ‘मन्त्री विवादित भएपछि केही निर्णय आउन सक्छ । झापाबाट फर्किएपछि आवश्यक कदम चाल्नहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले थप्यो, ‘एकपटक सोधपुछ गरिसक्नुभएको छ । तर, चित्तबुझ्दो जवाफ नआएकाले राजीनामा नै गराउनेसम्मको तयारी हुनसक्छ ।’

मन्त्री गुप्ताले यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका छन् ।

श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी मन्त्री गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए ।

पूर्व भूमि व्यवस्था मन्त्री अघि–पछि पनि कर्मचारीको सरुवा/बढुवाका लागि आइरहन्थिन् । त्यस दिन पनि बिहान ६ बजे नै भेट्नुपर्‍यो भनेपछि समय दिएको मन्त्रीले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘पूर्वमन्त्रीले भेट्नुपर्‍यो भनेपछि समय नदिने कुरा पनि भएन । बारम्बार सरुवाको कुरा लिएर आइरहने भएकाले मैले गर्न सक्दिनँ भनेपछि मन्त्री क्वार्टरमा पैसाको पोको छाडेर हिँडेको दाबी मन्त्रीले गर्नुभएको छ ।’

गुप्ताले बिहान ६ बजे नै रञ्जिता र उनका मान्छेले मन्त्री क्वार्टरमा आएर पैसा छाडेर फसाउन खोजेको आरोप लगाएको स्रोतले बतायो ।

बिहान ६ बजे नै उनले अर्को मान्छेलाई ल्याएकी थिइन् । मन्त्रीको भेटघाट कक्षमा भेट गरेपछि ती मान्छेहरूले पैसाको झोला छाडेर गएका हुन् भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘उनीहरू हिँडेपछि मन्त्रीको सचिवालय, आर्मी र सेक्युरिटीले पैसाबारे त्यो टोलीसँग कुराकानी गरेको बताउनुभएको छ । यसै क्रममा उनीहरूले अहिले यति छाडेका छौं, काम बनेपछि अरू आउँछ भनेर आफू अनुकूल अडियो बनाएर सार्वजनिक गरेका हुन् भन्नुभएको छ ।’

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ । यो विषयमा संसदमा पनि प्रश्न उठेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले दुईजना मन्त्रीको नाम जोडिएको गम्भीर भ्रष्टाचार मुद्दाको छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन् । यो विषयमा गुप्तासँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम पनि जोडिएको छ ।

केही पत्रपत्रिका र सामाजिक सञ्जालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा ७८ लाख घुस डिल गरेको घटना बाहिर आएको छ,’ सांसद सुवेदीले भनिन्, ‘यसमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको समेत नाम मुछिएको छ । गम्भीर भ्रष्टाचार मुद्दामा दुईजना मन्त्रीको नाम मुछिँदा सरकार मौन छ । भ्रष्टाचारीको मुख हेर्दिनँ भनेर सुशासनको नारा लगाउने प्रधानमन्त्री के गर्दै हुनुहुन्छ ? यो प्रकरणको सत्य तथ्य छानबिन र दोषीमाथि कारबाहीका लागि माग गर्दछु ।’

मन्त्री गुप्ताले घुस बार्गेनिङ गरेको अडियोबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । मन्त्री गुप्ताले भने सो अडियो एआई प्रयोग गरेर बनाइएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनी पर्सा क्षेत्र नम्बर- ३ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन् ।साभार-लाेकान्तर

 

Previous Post

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

Next Post

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

admin

admin

Next Post
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.