६ असार,बारा । बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४० करोड रुपैयाँभन्दा बढीको महत्त्वाकांक्षी बजेट पारित गर्दै आफ्नो १६ औँ गाउँसभा सफलतापूर्वक सम्पन्न गरेको छ।
शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले नीति, कार्यक्रमसहित कूल ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरे।
प्रस्तुत बजेटमा दिगो विकास, समावेशी नीति र नागरिकमुखी सेवा प्रवाह लाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष अन्सारीले जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा र स्थानीय रोजगारी सिर्जना जस्ता क्षेत्रमा विशेष जोड दिइएको स्पष्ट पारे।
गाउँपालिकाको समग्र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष अन्सारीले भने, “यस बजेटमार्फत आधारभूत आवश्यकताहरू पूरा गर्दै जनताको जीवनस्तर उठाउने लक्ष्य लिएका छौँ।”
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।









प्रतिक्रिया दिनुहोस् !