५ असार,हेटाैडा । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छाल बस्तीमा बिहीबार दिउँसो एक ५५ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीय ५५ वर्षीया तुलुमाया गोपालीको हत्या भएको हो।
प्रारम्भिक जानकारी अनुसार, तुलुमायाको हत्या उनकै देवर नाता पर्ने अन्दाजी ३५ वर्षीय विमलमान गोपालीले गरेका हुन्। घटनापश्चात् विमलमान आफैं धारिलो हतियारसहित इलाका प्रहरी कार्यालय पालुङमा पुगेर आत्मसमर्पण गरेका छन्। उनले अपराह्न ३ः४० बजेतिर प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।
प्रहरीले विमलमानलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ। हत्याको कारणबारे विस्तृत विवरण भने आइसकेको छैन। इलाका प्रहरी कार्यालय पालुङले घटनाको गम्भीरतापूर्वक छानबिन गरिरहेको जनाएको छ। स्थानीयहरू यस घटनाबाट स्तब्ध भएका छन्।









प्रतिक्रिया दिनुहोस् !