२३ जेठ ज्कठमाडौं / नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा २०७९ जेठ १२ गते महाबौद्धबाट पक्राउ गरेका अबैध हुन्डी र बुकीका ठूला कारोबारी सुनिल भद्रपुरिया र प्रवीण अग्रवाललाई ४ घन्टामै रहस्यमय ढंगले छाडेको छ । अर्थतन्त्रकै लागि घातक र कालोधन ओसारपसार गर्ने माध्यम अवैध हुन्डीका कारोबारीहरुलाई प्रहरीको उच्च तहबाटै संरक्षण हुने गरेकै कारण मातहतका कार्यालयले पक्राउ गरेका त्यस्ता कारोबारी तुरुन्तै छुट्ने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हुन्, पक्राउ परेको ४ घन्टामै प्रहरीको उच्च तहको दबाबमा छुटेका हुन्डी र बुकीका डनका रुपमा चिनिने सुनिल भद्रपुरिया र प्रवीण अग्रवाल । क्रिकेट लगायतका खेलमा हुने करोडौंको बाजी(बुकी) र नेपालबाट अबैध रुपमा रकम आदान प्रदान गर्ने(हुन्डी)का ठूला कारोबारीका रुपमा चिनिन्छन् भद्रपुरिया र अग्रवाल । भद्रपुरिया भारतीय नागरिक हुन् । उनी महाबौद्धमा देखावटी रुपमा इलोक्ट्रोनिक सामानको कारोबार गर्दछन् । तर उनको मुख्य कारोबार भने अबैध हुन्डी र बुकी नै भएको र प्रहरीले त्यो सूचना पाएरै उनलाई पक्राउ गरेको थियो । कमलपोखरीमा बस्दैआएका भद्रपुरिया हुन्डी र बुकीको अबैध कारोबारबाट अरबौं रुपैयाँ आर्जन गर्न सफल ब्यापारीका रुपमा चिनिन्छन् । एक बर्षअघि अनिल धानुकासहितका केही मारवाडी ब्यापारी करोडौको खेल हुने काठमाडौंको एक जुवाखालबाट पक्राउ परेका थिए । त्यो जुवाखालमा सुनिल भद्रपुरिया पनि थिए । तर उनी भने प्रहरी सेटिङ गरी उम्किन सफल भएका थिए ।
त्यस्तै, पक्राउ परेका अर्का ब्यापारी हुन्, प्रवीण अग्रवाल (मिनु) । उनी हुन्डी र बुकीका नयाँ कारोबारी हुन् । उनी पनि हुन्डी र बुकीमा छोटो समयमा ठूलो साम्राज्य कायम गर्न सफल भइसकेका छन् । इन्द्रचोकस्थित बाजीगर स्टोर नामक कपडा कारोबार गर्ने उनको फर्ममा गएको मंसिरमा राजस्व अनुसन्धान विभागले छापा हानेको थियो । शुक्रबार छापा हानेको राजस्व अनुसन्धान विभागमा आइतबारै सेटिङ गरी उनले सिल खोल्न सफल भएका थिए । त्यस्तै, पक्राउ परेका अर्का ब्यापारी हुन्, प्रवीण अग्रवाल (मिनु) । उनी हुन्डी र बुकीका नयाँ कारोबारी हुन् । उनी पनि हुन्डी र बुकीमा छोटो समयमा ठूलो साम्राज्य कायम गर्न सफल भइसकेका छन् । इन्द्रचोकस्थित बाजीगर स्टोर नामक कपडा कारोबार गर्ने उनको फर्ममा गएको मंसिरमा राजस्व अनुसन्धान विभागले छापा हानेको थियो । शुक्रबार छापा हानेको राजस्व अनुसन्धान विभागमा आइतबारै सेटिङ गरी उनले सिल खोल्न सफल भएका थिए । अपराध अनुसन्धान कार्यालयले अवैध हुन्डी र बुकी खेलाउने गरेको प्रमाणसहित भद्रपुरिया र अग्रवाललाई पक्राउ गरी ४ घन्टामै किन छाड्यो ? कपडाको ब्यापार गर्ने एक बिचौलियाले प्रहरीको उच्च तहमा पहुँच थियो । तिनै ब्यापारीले प्रहरीको उच्चतहसँग सेटिङ गरिसकेपछि अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरलाई फोन गयो । त्यही फोनका आधारमा भद्रपुरिया र अग्रवाल छुटेका छन् । ती कपडा ब्यापारीले आफ्नो पहुँच आइजीपीसम्मै रहेकाले छुटाएको भनेर भद्रपुरिया र अग्रवालबाट मोटै नजराना बुझेको स्रोतको दाबी छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले भद्रपुरिया र अग्रवालको कार्यालयमा छापामारी कम्प्युटर, ल्यापटप सहित बरामद गरी प्रमाण जुटाएर मात्रै पक्राउ गरेको थियो । तर प्रहरी प्रधान कार्यालयकै दबाबमा छाडिएपछि भने प्रमाण नभेटिएको भनेर ढाकछोप गर्न खोजेको छ ।
अबैध हुन्डी र बुकीका ठूला कारोबारीलाई पक्राउ गरेको ४ घन्टामै छाड्नुभएछ नि भन्ने प्रश्नमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्तबहादुर कुँबरले भने–ठूलै कारोबारी हुन् भन्ने आशंका गरेका थियौं, तर केही भेटिएन । छाडिदियौं ।’
पहिला सूचना पाएरै पक्राउ गर्नुभएको होइन भन्ने जिज्ञासामा उनले भने–‘मलिन स्वरमा भने–सूचना आयो, छ भन्ने नै लागेको हो, तर केही भेटिएन ।nepal face
प्रतिक्रिया दिनुहोस् !