Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. अभिमुखीकरण, प्रदेस सांसद सोनलले गरे उद्घाटन

admin
admin
May 27, 2025
बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. अभिमुखीकरण, प्रदेस सांसद सोनलले गरे उद्घाटन
700
SHARES
ShareTweetSubscribe

१३ जेठ,बारा । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भई अहिले प्रशिक्षण सत्रहरू सञ्चालन भइरहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य तथा जितेन्द्र सोनलले अहिले साइबर सुरक्षा देशमा मात्र नभई विश्वमै अवसरसँगै चुनौती लिएर आएको बताए।

उनले विज्ञान तथा प्रविधिको यस युगमा योसँग अभ्यस्त हुन आवश्यक रहेकोमा जोड दिए।

उनले नेपाल पत्रकार महासंघ बारा शाखाको भवन निर्माणका लागि प्रदेश सरकारको मन्त्रालयबाट बजेट विनियोजन गर्न पहल गर्ने र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महासंघ मधेश प्रदेशका सदस्य साजिर मन्सुर, महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, पत्रकार सत्यप्रकाश श्रेष्ठ, गोकुल घोरासैनी लगायत करिब ५० जना पत्रकारहरूको उपस्थिति थियो।

महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले जिल्लामा महासंघको कार्यालय भवन निर्माणका लागि सहयोगको अपिल गरे।

अध्यक्ष खड्गाले संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेकोप्रति सचेत गराउँदै संघीयता जति बलियो हुन्छ, मधेश त्यति नै बलियो हुने बताए।

उनले प्रदेश बलियो भएमा प्राधिकरण पनि बलियो हुने र त्यसबाट पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम, लोककल्याणकारी विज्ञापन, स्वास्थ्य एवम् दुर्घटना बीमा जस्ता सेवाहरूलाई अगाडि बढाउन सकिने स्पष्ट पारे।

खड्गाले पत्रकारहरू राष्ट्रको चौथो अंग भएकोले आत्मसमीक्षा गर्न जरुरी रहेको बताउँदै प्रेस स्वतन्त्रताको नाममा पत्रकारिताको दायराबाट बाहिर जान नमिल्नेमा जोड दिए।

उद्घाटन सत्रपछि सुरु भएका प्रशिक्षणहरूमा साइबर सुरक्षाका नवीनतम चुनौतीहरू र पत्रकारितामा ए.आई. (कृत्रिम बौद्धिकता) को प्रयोग बारे दुईवटा गहन छलफल गरिनेछ।

यस प्रशिक्षणले पत्रकारहरूलाई डिजिटल युगमा सुरक्षित रहँदै आधुनिक प्रविधिको सदुपयोग गर्ने ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।

Post Views: 4
Previous Post

भिजिट भिसा प्रकरण: संसदमा गृहमन्त्रीकाे राजिना मांग,आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन

Next Post

भिजिट भिसा प्रकरणमा मुछिएका गृहका सहसचिव भट्टराई र उनकी पत्नीको अमेरिकाले गर्याे भिसा रद्द

admin

admin

Next Post
भिजिट भिसा प्रकरणमा मुछिएका गृहका सहसचिव भट्टराई र उनकी पत्नीको अमेरिकाले गर्याे भिसा रद्द

भिजिट भिसा प्रकरणमा मुछिएका गृहका सहसचिव भट्टराई र उनकी पत्नीको अमेरिकाले गर्याे भिसा रद्द

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.