१२ जेठ,काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको सार्वजनिकरुपमा राजीनामा माग गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्नुपर्ने माग भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकमा राजीनामा मागिएको प्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोध्नुपर्ने माग भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता डा. शशांक कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने सुझाव पार्टी सभापतिलाई दिएको बताए ।
हामी सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो ? भन्ने यसको त समाधान निकाल्नुपर्यो नि। एक आपसमा मूडभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा ? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ”, डा. कोइरालाले भने ।
यद्यपि, सभापति देउवाले कुनै जवाफ नदिएको उनले बताए ।
पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष भएको निष्कर्ष निकाल्दै राजीनामा दिन नपर्ने निर्णय सुनाएको छ ।
भिजिट भिसा प्रकरणमा संस्थापनइतरका नेता डा. शेखर कोइरालासहित नेताहरु डा। सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग सार्वजनिकरुपमा राखेका छन् । सो प्रकरणमा गृहमन्त्री लेखकका सचिवालय सदस्यहरू संलग्न रहेको आरोप लागेसँगै नेताहरुले यस्तोमा माग गरेका हुन् ।
जसमा विपक्षी दलहरुले सामूहिकरुपमै राजीनामाको माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस् !