११ जेठ,बारा । बारा प्रहरीले आज एकजना वडाध्यक्षलाइ पक्राउ गरेको छ ।
प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष बृजकिशोर कुश्वाहालाई पक्राउ गरेको हो ।
विभिन्न कसूरमा बारा जिल्ला अदालतबाट गरिएको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई आज पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्ताेष तामाडले जानकारी दिए ।
वडाध्यक्ष कुश्वाहालाई वडा समितिको कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको थियो ।
पक्राउ गरिएका कुशवाहालाई आज नै बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !