२ जेठ,बारा । श्री ने.रा.आ.वि. सितलपुरका अवकाश प्राप्त सहायक प्रधानाध्यापक सुधा देवी तथा उनका श्रीमान सुरेन्द्र बहादुर क्षेत्रीले विद्यालयकी कक्षा ८ की जेहेन्दार तथा आर्थिक रूपमा कमजोर छात्रा स्नेहा सराफलाई अध्ययनमा निरन्तरता दिन सहयोग स्वरूप निजी खर्चमा साइकल प्रदान गर्नुभयो। शिक्षा र छात्रहरूको भविष्यप्रति उहाँहरूको समर्पण उदाहरणीय रहेको छ।
अवकाशपछि पनि विद्यालयप्रति देखिएको उत्तरदायित्व र सेवाभावको उच्च सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनीले दुबै दम्पतीलाई दोसाला ओढाएर सम्मान गर्नुभयो। उहाँहरूको यो पहलले अन्य पूर्वशिक्षक, अभिभावक तथा समाजका जिम्मेवार नागरिकहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
विद्यालय परिवारले दम्पतीको सोच र योगदानको हार्दिक प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरेको छ।










प्रतिक्रिया दिनुहोस् !