Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

admin
admin
May 15, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

Oplus_131072

450
SHARES
ShareTweetSubscribe

सञ्जय मिश्रा
रौतहट १ जेठ
रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी फरार भएका छन्। घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन अहिले बिचौलियाको चलखेल सुरुभएको छ। बिचौलियाले प्रहरी सँगै पीडित परिवार लाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका हुन्।
कटहरिया ३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती
२१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको थियो।
माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गर्दै ईलाका प्रहरी कार्यालय गरुडामा आएका छन्। घटना पछी मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान राय भाट फरार भएका छन्। तर विचौलियाहरु भने दिनभरी ईलाका प्रहरी कार्यालय गरुडाको चक्कर लगाईरहेका छन्।
मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका ११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाईजोको कारण छोरी सानिया लाई दैनिक जसो कुटपिट गरी ज्वाईँ अरमान सहित सपरिवार मिलेर हत्या गरेको छ। बिहे भएको ६ महिना भयो तर बिभिन्न सामान, दाईजोमा र पैसा पनि माग गर्दै छोरीलाई एकपटक पनि माईती जान नदिएको स्पष्ट पारेका छन्।घटनाको अघिल्लो दिन छोरी सानिया संग फोनमा कुराकानी भएको थियो। समधी अहमद रायले छोरीलाई माईती पठाउन सहमत भएका थिए। सोही सहमती अनुसार घटनाको १दिन अघी छोरीले फोन गरेर भनेकी थिइन् बुबा गाड़ी लिएर भोलि आउनु होला साथसाथ घर जाने । छोरीलाई माईतिबाट कुर्बानी पर्व अघि बिदा गर्ने समधी अहमद संग सहमति भएको थियो। छोरी सानिया मर्नु अघि २ घन्टा अघि भिडियो कॉल गरेर भोलि आउने भन्दै आफ्नो आमालाई बताएकी थिइन्। सो समय छोरी निकैनै खुसीका साथ कुरा गरेकी थिइन्।त्यसको मात्र २ घन्टा पछी ज्वाईँ अरमान घरको छतमाथिबाट कोठामा आएर छोरीको घाँटी थिचेर मारेको बुबा मोलाजीम रौशनले बताएका छन्। छोरी सानियाको
६ महिना अघि अरमान संग बिहेगर्दा दाईजोमा फर्नीचर, वादिङ फ्रिज, कुलार पंखा, नाक, कान , घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको उनले बताए। छोरी सानियाको
बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त कहिले १ लाख भारु माग गरेको, केहीदिन अघि घरमा एसी जडान गर्न माग गरेको थियो। उनीहरूको माग पुरा गर्न नसकेको कारण बिशेष गरी समधिनि संग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।
समधी अहमदको अर्को छोरा लालबाबु राय भाट संग आफ्नो अर्की छोरी नगमा प्रविनको १० बर्ष अघि विहेगरेको थिए। अहिले नाति नातिनी सबै छन र खुसीका साथ गुजारा गरिरहेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हिजो बुधवार अर्की छोरी नगमा र ज्वाईँ लालबाबु लाई बोलाएर ब्यान लिँदा घटनामा आरोपी अरमान पुरै दोषी भएको बयान दिएको मोलाजीमको भनाई रहेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना सम्बन्धमा अनेक कोणबाट अनुसन्धान भईरहेको छ। मुख्य आरोपी लाई झिकाउन प्रहरी पठाएपनि उनी सम्पर्क बिहिन भएका छन्।
यस घटनाबारे मुद्दा दर्ता गर्न नगर्न कैयौं मानिसबाट सिफारिसका साथ
अनेक प्रकारका प्रस्ताव आईरहेको डिएसपी कार्कीले स्वीकार गरेका छन्। मानिसको ज्यान गएको घटना हो, सिफारिस गर्नेको कुरा छोडौं सिफारिस आईरहन्छ तर अनुसन्धानबाट दोषी ठहर भएमा कारवाहीको दायरामा ल्याउने न्युज कारखाना संग प्रतिवद्धता जनाएका छन्।

के हो घटना

गत आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो। घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो । पोष्टमार्टम पछी मृतकको शव माईती पक्षले बुझेर लगी सतगत गरिसकेका छन्।
सानियाको सासु ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताईरहेका छन्। माईती पक्षले छोरीको हत्या गरेर शव लाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
मृतकको काका सोलाजीम रौशनले हामी भारतबाट आएकाछौं, यहाँको भाषा , यहाँको कानुन बारे थाहा छैन तर यहाँको प्रहरी माथी विश्वास छ हामीलाई अवश्य न्याय दिन्छ भनेका छन्। ज्वाईँ पक्षका केही मानिसले थाना म्यानेज गरिसकेको भनी रहेका छन तर मलाई डिएसपी कार्की र यहाँको कानुन माथी पूर्ण विश्वास छ काका सोलाजीमाले बताएका छन्।
कटहरिया नगरपालिका स्थित स्थानीय निकायको निर्वाचनमा पराजित भएका कतिपय दलका नेताहरु अहिले, प्रहरी, सरकारी वकील र अदालत सम्मको दलाली गरिरहेको स्थानीयहरूले बताएका छन्।

Post Views: 3
Previous Post

सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटनाग्रस्त

Next Post

अख्तियार द्वारा यादव इन्जिनियर पक्राउ

admin

admin

Next Post
अख्तियार द्वारा यादव इन्जिनियर पक्राउ

अख्तियार द्वारा यादव इन्जिनियर पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.