Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेपालगन्ज यातायातमा संगठित सेटिङ : पक्राउ परेका कर्मचारीको मन्त्रीको सचिवालयसँग भेटियो लेनदेन

admin
admin
May 6, 2025
नेपालगन्ज यातायातमा संगठित सेटिङ : पक्राउ परेका कर्मचारीको मन्त्रीको सचिवालयसँग भेटियो लेनदेन

Oplus_131072

600
SHARES
ShareTweetSubscribe

२३ बैशाख,नेपालगञ्ज । यातायात कार्यालय नेपालगन्जमा हुने लाइसेन्सको सेटिङ संगठित प्रकृतिको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरी अनुसन्धान गर्दा उच्च तहको मिलेमतोको प्रमाण भेटिएको छ ।

आयोगले गत २७ चैतमा गुप्त अनुसन्धान कारबाही (अन्डरकभर अपरेसन) विधिमार्फत यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोपाइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्रालयका अधिकारीसँग आर्थिक लेनदेन भेटिएको आयोग स्रोत बताउँछ । ‘पक्राउ परेकाहरूसँग मन्त्रीको सचिवालयका व्यक्तिहरूको बैंक खाताको क्युआरकोड भेटिनुका साथै उनीहरूले बैंक खातामा पैसासमेत हालिएको पाइएको छ,’ अख्तियारका एक अधिकारीले भने, ‘शंकास्पद कारोबार भएका व्यक्तिहरूलाई बोलाएर सोधपुछको काम भइरहेको छ ।’ केही स्थानीय नेता तथा मन्त्रीको सचिवालयकै मिलेमतोमा संगठित रूपमा परीक्षा नै नदिएका तथा दिएर फेल भएकालाई समेत उत्तीर्ण गराउने गरिएको अनुसन्धानमा खुलेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नासु मुकुन्दराज केसी र मामा–भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोपाइटर शरदकुमार गोराथोकी गिरोहका प्रमुख व्यक्ति भएको स्रोतको दाबी छ । पहिला यातायात कार्यालयमै बसेका नासु केसी घरेलुमा सरुवा भएपछि पनि लाइसेन्सको सेटिङ मिलाउँदै आएका थिए ।

कार्यालयमा हाजिर गरेर उनी गोराथोकीको ड्राइभिङ सेन्टर र यातायात कार्यालयमा पुग्थे । ट्रायलमा पास गराउने व्यक्तिहरूको सूची ड्राइभिङ सेन्टरमै बन्ने गर्दथ्यो । जसअनुसार एकैदिनमा १० लाख रुपैयाँसम्म असुली गरी ट्रायल पास भएको देखाएर लाइसेन्स वितरण हुँदै आएको अनुसन्धानमा भेटिएको छ । यसमा ट्राफिक प्रहरीको पनि शंकास्पद भूमिका देखिएको छ । उत्तीर्ण हुनेको सूचीमा ट्राफिक प्रहरी अधिकृतको समेत हस्ताक्षर हुने गरेको छ । ट्रायलको सिसिक्यामेरा फुटेजसमेत उनीहरूले मेटाएर सेटिङ गर्दै आएका थिए ।

पक्राउ परेका व्यक्तिहरूको मोबाइलको समेत परीक्षण गरेर अनुसन्धान भइरहेको अख्तियार स्रोत बताउँछ । जसक्रममा उनीहरूले ह्वाट्सएपमा कुराकानी गर्ने र पास गर्ने व्यक्तिहरूको लिस्ट त्यसैमार्फत आदानप्रदान गर्दै आएका थिए ।

कर्मचारीको सरुवामा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेको सचिवालयको सक्रियता रहेको र सेटिङ गिरोहका व्यक्तिसँग नियमित सम्पर्क र लेनेदन देखिएको आयोग स्रोत बताउँछ । तर, लेनदेनको पैसा घुसकै भएको भनेर प्रमाणित गर्न कठिन भएको आयोगका अधिकारी बताउँछन् । पक्राउ परेका कर्मचारीले अन्यलाई जोगाउने प्रयास गरेका छन् ।

आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले नेपालगन्ज यातायात कार्यालयमा फेल भएकालाई पास गराएर लाइसेन्स दिने गरिएको उजुरीका आधारमा चारजनालाई पक्राउ गरिएको घटनामा विस्तृत अनुसन्धान चलिरहेको बताए । ‘अन्डरकभर अपरेसनअन्र्तगत प्रमाण संकलन गरेर पक्राउ गरिएको हो,’ उनले भने, ‘यसमा उनीहरूको नेटवर्कमा रहेका व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको छ ।’

यसरी सेटिङ मिलाउनका लागि ट्रायलको नजिता तत्कालै प्रकाशन नगर्ने गरिएकाले पनि मन्त्रालयसम्मको मिलेमतोको आशंका गरिएको छ । सामान्यतया ३५/४० प्रतिशत मात्र उत्तीर्ण हुने गरेकोमा ७०/८० प्रतिशत उत्तीर्ण गराएर परीक्षामा सहभागी नै नभएकालाई समेत उत्तीर्ण देखाउने गरिएको अनुसन्धानमा खुलेको छ । हेभी सवारीको लाइसेन्समा ५० हजार रुपैयाँभन्दा धेरै रेट तोकिएको थियो । साभार- नया पत्रिका

Post Views: 4
Previous Post

ईन्डियन आईडल १२ का विजेता पवनदिप राजन सडक दुर्घटनामा घाइते

Next Post

फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मिडिया हाउसविरुद्ध भ्रष्टाचारको मुद्दा

admin

admin

Next Post
फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मिडिया हाउसविरुद्ध भ्रष्टाचारको मुद्दा

फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मिडिया हाउसविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.