Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सशस्त्रमा कमाण्डरलाई कुल देवताको ‘कसम’

admin
admin
April 30, 2025
सशस्त्रमा कमाण्डरलाई कुल देवताको ‘कसम’

Oplus_131072

250
SHARES
ShareTweetSubscribe

१७ बैशाख,काठमाण्डाै । सशस्त्र प्रहरीले केही दिन अघि सरुवा भएर कमाण्ड सम्हाल्न पठाएका बाहिनीपतिहरुलाई तस्करी रोक्न कुलदेवताको ‘कसम’ सम्झाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकलाई तस्करी रोक्न घरका कुल देवता सम्झेर काम गर्न निर्देशन दिएका हुन् । ‘तस्करी रोक्ने र तस्करलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन आफ्नो घरको कुल देवता सम्झेर सहयोग गर्नुस्, परिणाममुखी काम गर्नुस् होइन भने जुनसुकै बेला कमाण्डबाट फिर्ता हुनुपर्ला’, आइजिपी अर्यालले भनेका थिए ।

सरकारले सीमा क्षेत्रबाट लक्ष्य अनुसार राजश्व संकलन नहुँदा पनि सशस्त्र प्रहरीलाई आरोप लगाउने गरेको अवस्थामा आफ्नो तर्फबाट कुनै पनि कमजोरी नगर्न निर्देशन दिएका थिए । भन्सार र राजश्व अनुसन्धानबाट हुने गरेका कमजोरीलाई पनि सशस्त्र प्रहरीको कमजोरी देखाउने गरेको र विभिन्न लाञ्छना लगाउने गरेको सरकारी भनाई उद्धृत गर्दै आइजिपी अर्यालले सशस्त्र प्रहरीको तर्फबाट कुनै पनि कमजोरी नगर्न र यदि कमजोरी गरेमा कमाण्डबाट फिर्ता हुनुपर्ने अवस्था आउने समेत चेतावनी दिएका थिए ।

आइजिपी अर्यालले तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएपछि कमाण्ड जान लागेका बाहिनीपति र समादेशकहरुले मुखामुख गरेका थिए ।‘सशस्त्र प्रहरीको वर्दी चम्काउने की यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईहरुको हातमा छ त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्’, उनले भने । देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व सङ्कलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै आइजिपी अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभ लालचमा नफस्न र सङ्गठनको नीति नियम अनुसार काम गर्न निर्देशन दिएका थिए ।

देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नु भएन भने र व्यक्तिगत लोभ लालचमा फस्नु भयो भने तपाईँलाई कुनै शक्तिले पनि बचाउन सक्दैन त्यसको हेक्का राख्नुहोला’,उनले भने । उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन उनले निर्देशन दिएका थिए । मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरुलाई कारबाही गर्ने चेतावनी दिँदै आइजिपी अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालय हरूको प्रत्येक ३/३ महिनामा कमाण्डको पुनरावलोकन तथा पुनर्मुल्याङ्कन गरिने र त्यसमा कमजोर देखिए कमाण्ड हेरफेर तथा फिर्तासम्म गरिने बताएका थिए ।

आइजिपी अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा १ महिनाभित्र सबै कमाण्डरले आफ्नो कार्य योजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिएका थिए । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपद् रोकथामको लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कार्य गर्न निर्देशन दिँदै महानिरीक्षक अर्यालले वर्दीको साख जोगाउन तथा सङ्गठनलाई कुनैपनि तरिकाबाट दाग लगाउने कार्य सह्य नहुने र बताएका थिए । ‘ राजश्व चुहावट नियन्त्रणमा निर्मम बन्न र कानूनमा जे छ सोही अनुसार गर्नुहोस् तपाईँलाई त्यसमा कुनै अर्को विकल्प छैन गलत मनसाय राख्नुभयो भने त्यसको प्रत्यक्ष निगरानी मुख्यालयले गर्छ’, आइजिपी अर्यालले भने ।

राजश्व चुहावट नियन्त्रणमा आफुले आमूल परिवर्तन चाहेको बताउँदै उनले आन्तरिक व्यवस्थापनमा समेत उत्तिकै जोड दिनु तालिमको गुणस्तर सुधार्न र प्रत्येक युनिटमा विपद् उद्धारका आधारभूत सामाग्री तयारी हालतमा राख्न समेत निर्देशन दिएका थिए। भावी पुस्ताले समेत गर्व गर्न लायक संगठन बनाउन प्रत्येक कमाण्डर उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै आइजी्पी अर्यालले भने–‘तपाईँको नराम्रा कुरा फिल्डमा देख्न नपरोस्’ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बाहिनिपतिहरुहरुलाई आइजिपी अर्यालले आवश्यक निर्देशन दिएको बताए ।सभार- नागरिक दैनिक

Post Views: 3
Previous Post

बिदेश पठाईदिने आश्वासन दिएर विभिन्न युवासंग १७ लाख ठगी फरार रहेका श्रवण प्रहरी खाेरमा

Next Post

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी काठमाण्डाैबाट पक्राउ,पार्टि एकता अन्याेलमा

admin

admin

Next Post
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी काठमाण्डाैबाट पक्राउ,पार्टि एकता अन्याेलमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी काठमाण्डाैबाट पक्राउ,पार्टि एकता अन्याेलमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.