४ बैशाख ,बारा । नेपाल पत्रकार महासंघ बाराले आज संचार क्षेत्रको सुरक्षा सम्पादकहरुसंग छलफल गरेको छ ।
कलैया स्थित महासंघको सभाहलमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले राजावादी आन्दोलनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यारालाई अहिलेसम्म कार्बाहीको दायरामा ल्याउन नसकिएकोमा आक्रोश व्यक्त गरे ।
उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न मांग गरे ।
संचार क्षेत्रमाथिको आक्रमण सधैकोलागि अन्त्य गरिनुपर्नेमा सहभागीहरुले जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा लाग्न सबैलाई आग्रह गरे ।
महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले संचार क्षेत्रमाथि आक्रमण गर्नेलाई कडा कार्बाही गर्न मांग गरे ।
कार्यक्रम जिल्लाका विभिन्न संचार संस्थाका सम्पादक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !