ब्यवस्था आफैमा साध्य हाेईन साधन हाे,गन्तव्य हाेईन बाटाे हाे।अहिले हाम्राे बाटाे बिग्रिएकाे छ,भत्किएकाे छ,त्याे बिग्रेकाे भत्केकाे बाटाेमा हिड्दा दुर्घटना हुन्छ,हातखुट्टा भाचिन्छ,अपांग हुन्छ,नागरिक दुखले कराउछन,पिडामा छटपटिन्छन तर बाटाेकाे ठेकेदारहरु नागरिकलाई नै, युवालाई नै गणतन्त्र बिराेधिका सँज्ञा दिन्छन।
बासु घिमिरे कलैया-१का युवा गणतन्त्रका सिपाहि पहरेदार,उनकाे कलैया ,भवानिपुरकाे तिनकुनेमा किराना पसल थियाे तर मानमत मटिअर्वा बाटाेका कारण उन्ले स्वाभिमानी बन्ने सपना,त्याे सानाे पसल छाेड्नु पर्याे,बाटाकाे उडेकाे धुलाेकाे कारण सामान फाेहाेर हुने,कलर उड्ने,ग्राहक आउन कम भएकाे कारण दिन प्रतिदिन ब्यापार कम हुँदै गयाे र अन्तत:पसल बन्द गर्नु पर्याे।
गणतान्त्रिक बासु ,मानमत मटिअर्वा सडक र बिकास केवल प्रतिनिधि पात्र हुन।
मानमत मटिअर्वा सडक कुनै समयकाे मुख्य सडक,भारतीय सिमाना र देशकाे पुर्वि र पश्चिमि शहरहरु जाेड्ने मुख्य राजमार्ग महेन्द्र राजमार्ग जाेड्ने मुख्य कडि आज ठेकेदारकाे लापरवाहि र सरकारकाे आवश्यक कानुनकाे डन्डा नचलाएर अकर्मण्य देखिएकाे छ जसकाे सिकार भैरहेका छन साेझासाझा नागरिक।जनताले कर तिरेर पनि उपयाेग गर्न नपाएकाे मात्रै हाेइन बर्षातमा हिलाे,गर्मिमा धुलाेकाे शिकारले बारा वासिलाइ दम र अन्य दीर्घ राेगका सिकार बनाइरहेकाे छ।
जनताका प्रतिनिधि सँघिय सँसदमा र प्रदेश सभामा कुरा उठाई रहेका छैनन,उपमहानगरकाे पनि ठेकेदारकाे लापरवाहि प्रति बेखबर छन,माैन छन,मानाै उनिहरु भनिरहेका छन तँ लापरवाहि गरि राख हामी सँरक्षण गरिरहन्छाैं।
माथि नै चर्चा गरियाे आम नागरिक वायु प्रदुषणका कारण दीर्घराेगि भैरहेका छन।सडक का दायाँबायाँ रहेका आम नागरिकको बिचल्लि छ बेहाल छ।
सरकार जाे आफुलाई गणतन्त्रको ठेकेदार ठान्ठछ ,एकाेहाेराे कराई रहेकाे छ गणतन्त्र बिराेधिहरु सल्बलाई रहेकाछन,युवाहरुलाई गुमराह गरिरहेकाछन।
यहाँ प्रश्न उठछ,बिमार मानमत मटिअर्वा सडक कि बिमार बासु?जिम्मेवार गणतन्त्र कि परिवार पाल्न नसकेर चुहिएका बासुका आँसु?
प्रतिक्रिया दिनुहोस् !