Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पञ्जाबमा गायकको हत्या, नेपालमा दिल्ली प्रहरीको ‘गोप्य अपरेशन’

admin
admin
June 3, 2022
पञ्जाबमा गायकको हत्या, नेपालमा दिल्ली प्रहरीको ‘गोप्य अपरेशन’
400
SHARES
ShareTweetSubscribe

२० जेठ, काठमाडौं । भारतीय प्रहरीले पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपाल प्रवेश गरेको हुनसक्ने आशंका गरेको छ ।

प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा सिद्धूलाई गोली हान्ने सुटरसँग जोडिएका व्यक्ति नेपालमा हुनसक्ने आशंकामा दिल्ली प्रहरीको स्पेशल सेलले नेपालमा गोप्य अपरेशन चलाइरहेको स्रोतको दाबी छ । आइतबार पञ्जाबको मानसा जिल्लास्थित जवाहर्के गाउँमा अज्ञात व्यक्तिले मुसेवालाको गोली हानी हत्या गरेका थिए । पञ्जाब सरकारले उनको सुरक्षा फिर्ता लिएको एक दिनपछि उनको हत्या हो । घटनाका आक्रमणकारी खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको गोप्य सूचनाको आधारमा दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आइपुगेको स्रोतलाई उद्धृत गर्दै इण्डिया टुडेले उल्लेख गरेको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरुले चाहिँ भारतीय प्रहरीको टोली नेपाल आएकाबारे औपचारिक जानकारी नभएको बताएका छन् । तर, अनौपचारिक कुराकानीमा एक अधिकृतले भारतीय प्रहरीले नेपालमा पनि केन्द्रीत भएर अनुसन्धान गरिरहेको अनलाइनखबरसँग बताए । मुसेवालाको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको भनिएको केही घण्टामै भारतीय प्रहरी नेपाल आइपुगेको जनाइएको छ । गायक मुसेवाला मारिएको दुई दिनपछि मंगलबार पञ्जाब पुलिसले पवन विष्णुई र खानलाई नामक दुई युवालाई पक्राउ गरेको थियो । उनीहरुले घटनामा प्रयोग भएको बोलेरो गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ । भारतीय प्रहरीले गायक मुसेवालाको हत्यामा संलग्न भएको आशंकामा कुख्यात लागूऔषध तस्कर मनप्रित सिंहलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका वेला दुईजना युवा पक्राउ परेका थिए । सिंहले नै ती युवालाई गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ । गायकको हत्याको जिम्मेवारी लरेन्स विश्नोई ग्याङले लिएको छ । क्यानडामा गएर पढेर भारत फर्किएका थिए ।भारतको एक टिभी च्यानलमा बोल्दै ग्याङकातर्फबाट सचिन थपन नामक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै सिद्धूको हत्या ‘पब्लिसिटी स्टनट’ वा ‘असूली’का लागि नभइ पञ्जाबका युवा नेता विक्की मिदुखेराको हत्यामा संलग्नलाई सेल्टर दिएको बदला लिइएको उल्लेख गरेका थिए । विक्कीले कुनै वेला लरेन्स विश्नोईलाई सहयोग गरेको भारतीय प्रहरीको भनाइ छ । त्यसैले यो सद्धूको हत्या दुई आपराधिक समूहबीचको द्वन्द्वको परिणाम भएको अनुसन्धान अधिकृतहरुको बुझाइ छ । अनलाईन खबर

Previous Post

मकवानपुरमा सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्‍यक्षसहित ८ जना घाइते

Next Post

मेरै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको थियोः माधव नेपाल

admin

admin

Next Post
मेरै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको थियोः माधव नेपाल

मेरै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको थियोः माधव नेपाल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.