३० चैत,बारा । वीरगञ्जमा आज हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राको क्रममा छपकैया इदगाह चोकमा भएको झडपले स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले वीरगञ्जका केही क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु लगाउने तयारी भइरहेको जनाएका छन् ।
अधिकारी अर्यालले झडप भएको क्षेत्रहरूमा कर्फ्यु लगाउने विषयमा सुरक्षा समितिको बैठक चलिरहेको पुष्टि गरे ।
शनिवार वीरगञ्जमा हनुमान अर्थात् महावीर जयन्तीको अवसरमा आयोजित शोभा यात्राको क्रममा छपकैया इदगाह चोकमा झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । झडपकाे क्रममा प्रहरी र स्थानिय गरी एक दर्जन घाइते भएका छन । उनीहरूकाे प्रादेसिक अस्पताल बिरगञ्जमा उपचार भईरहेकाे छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार वीरगञ्जका विभिन्न स्थानबाट घण्टाघरमा जम्मा भएर नगर परिक्रमा गरिरहेको वृहत् शोभा यात्रा छपकैया चोकस्थित इदगाह नजिक पुगेपछि विवाद सुरु भएको थियो । शोभा यात्रामा सहभागीहरूले इदगाह चोकमा फरक धर्मका व्यक्तिहरूले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !