Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

ओली सरकारका दुई मन्त्री, सरुवामा दलाल परिचालन गर्दै असुली

admin
admin
April 1, 2025
ओली सरकारका दुई मन्त्री, सरुवामा दलाल परिचालन गर्दै असुली
450
SHARES
ShareTweetSubscribe

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरुमा काम छिटोछरितो गर्न र घुसखोरी अन्त गर्नका लागि संसद अधिवेशन सुरु हुनुभन्दा ५ दिनअघि अध्यादेश ल्याउनुपरेको प्रष्टीकरण दिने गरेका छन् । तर उनकै नेतृत्वको सरकारका मन्त्रीहरु भने कर्मचारी सरुवामा करोडौं असुलीमा तल्लीन छन् । ओली सरकारका मन्त्रीहरुले बिचौलिया र दलालमार्फत् कर्मचारी सरुवामा रकम उठाउने र नियम र मापदण्डबिपरीत सरुवा गरेका छन् । जुन कर्मचारीले रकम बुझाएर सरुवा हुन्छ, उसबाट घुसबिना कामको अपेक्षा कसरी गर्र्न सकिन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी सरुवामा रकम उठाउन दलाल परिचालन गरेको सर्वत्र जगजाहेर छ ।

गएको असोजमा भूमिब्यवस्था मन्त्री अधिकारीले ४ सय १८ कर्मचारीको सरुवामा ६ करोड असुली गरेको आरोप छ । तत्कालीन भूमिब्यवस्था बिभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई सरुवा गर्ने भन्दै तर्साएर दलाल प्रमोद खड्काले दिएको सूची अनुसार सरुवा गर्न लगाए ।

उपत्यकाका मालपोत कार्यालयमा बर्षौ बसेका र अकूत सम्पत्ति कमाएका कर्मचारीलाई पुनः उपत्यकाकै अर्को कार्यालयमा आर्थिक लेनदेनको आधारमा सरुवा गरेको भनेर चर्को बिरोध भयो । बिरोध भएपछि उनले सबै दोष सापकोटाको टाउकोमा थोपरेर पानीमाथिको ओभानो बन्ने प्रयास गरेका थिए । तर दलालमार्फत् मन्त्री अधिकारीले नै दररेट असुली गरेर सरुवा गरेको वास्तविकता बिस्तारै खुल्यो ।

सामान्य प्रशासन मन्त्री गुप्ताले गएको भदौ अन्तिममा १ हजार २ सय कर्मचारीको सरुवामा बोलकबोल नै गरेर विवादमा आएका थिए । उनका स्वकीय उपसचिव शिव पटेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि उपसचिवसँग ७ देखि १० लाख घुस मागेको ह्वाट्सएप म्यासेज नै सार्वजनिक भयो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी सरुवामा असुली गर्ने दुबै मन्त्रीलाई हटाउने भाषणा त गरे तर हटाएनन् ।

मन्त्रीद्वय गुप्ता र अधिकारीले परिवारका सदस्यमार्फत्मात्र होइन, दलाल नै परिचालन गरी रकम असुली गर्न थालेका छन् । प्रमोद खड्का नामका दलालको बास नै गुप्ता र अधिकारीको निवासमा हुने गरेको छ ।

काठमाडौं उपत्यकाका मालपोत कार्यालयका खरिदारदेखि नायबसुब्बा, अधिकृत, कम्प्युटर अप्रेटरदेखि कार्यालय प्रमुखसम्मको सरुवामा ५ लाखदेखि २० लाख रुपैयाँसम्म खुलेआम माग्ने गरेका छन् । पछिल्ला दिनमा दलाल खड्काले काठमाडौं उपत्यकाका साँखु, ललितपुर, भक्तपुर, कलंकी, मनमैजु, चाहविल मालपोत कार्यालयमा कार्यरत खरिदारदेखि कम्प्युटर अप्रेटर, नायबसुब्बा र अधिकृतको सूची बनाएर सामान्य प्रशासन मन्त्री गुप्तामार्फत् अन्यत्र सरुवा गराउने र ती ठाउँमा ५ देखि २० लाखका दरले दररेट लिंदै सरुवा गराउने खेलमा लागेका छन् ।

कतिपय कर्मचारीले केको लिष्ट बनाएको भनेर सोधीखोजी गर्दा खड्काले ‘तिमीहरु मलाई भेट्न आउँदैनौं, सामान्य प्रशासन मन्त्री गुप्ता र भूमिब्यवस्था मन्त्री अधिकारीलाई मैले उठाएर बुझाउनुपर्छ, त्यही भएर सूची बनाएको’ भनेर हाक्काहाक्की भनेको भूमिब्यवस्था मन्त्रालयका एक अधिकृत बताउँछन् ।

मन्त्रीद्वय गुप्ता र बलरामको आडमा मालपोतका कर्मचारीको सूची दलाल खड्काले बनाउने र दररेट लिंदै सरुवा गर्ने गरेका छन् । काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा सरुवा भएको १ बर्षमात्र भएका वा २ बर्ष नपुगेका कर्मचारीसँग पनि खड्काले मन्त्रीको नाममा पैसा माग्ने, नदिए सामान्यबाट अन्य मन्त्रालय वा उपत्यका बाहिरका कार्यालयमा सरुवा गर्नका लागि उनले सूची बनाएर आतंकित पार्ने काम गरेका छन् ।

खड्काले खरिदार, कम्प्युटर अप्रेटर र नासुको ५ लाख र अधिकृतको १० लाख र उपसचिवको २० लाख दररेट लिएर एकमुष्ट मन्त्रीद्वयलाई बुझाउने गरेकाले उनी उपत्यकाका मालपोत कार्यालयमा छायाँ मन्त्री भनेर चिनिन्छन् । भूमि ब्यवस्थापन तथा अभिलेख बिभागमा महानिर्देशक शिवप्रसाद रेग्मीलाई समेत खड्काले मिलाएर सरुवाको भागबण्डा दिने गरेका छन् ।

महानिर्देशक रेग्मीमात्र होइन, बिभागका उपसचिव टेकराज अर्यालसँग पनि खड्काको सेटिङ हुँदैआएको छ । अर्याल भूमिब्यवस्था मन्त्रालयमा हुँदा पनि खड्काको सेटिङ चल्दैआएको थियो । बिभागका महानिर्देशक रेग्मीले दृष्टि प्रतिनिधिसँग आफूले दलालको कुरा नसुनेको दाबी गरे । उनले भने–‘मैले मन्त्री र सचिवले भनेको मात्र गरेको छु ।’

बिचौलिया खड्काले सरुवाको सेटिङ गरी करोड बुझाउने भएपछि ओली सरकारका दुबै मन्त्री उनको सूची नै सचिव र बिभागीय प्रमुखहरुलाई दिंदै सरुवा गर्न निर्देशन दिने गरेका छन् । काठमाडौं उपत्यकामा ५ बर्ष, ६ बर्ष काम गरिसकेकाहरुलाई नै पुनः उपत्यकाकै अर्को कार्यालयमा खड्काले सरुवा गराउने काम पनि गरेका छन् ।

मन्त्रीका विश्वासपात्र बिचौलिया खड्काले हालै ललितपुरमा काजमा कार्र्यरत एक शाखा अधिकृतलाई साँखुमा सरुवा गराएका छन् । सामान्य प्रशासन मन्त्रालयमा समेत सेटिङ गरेर उनले साँखुमा सरुवा गराएका हुन् ।

डिल्लीबजार मालपोत कार्यालयमा ६ बर्ष बसेका एक कम्प्युटर अप्रेटरलाई उदयपुर सरुवा गरिएको थियो । तर मन्त्रीका दलाल खड्काले उदयपुरको सरुवा रद्द गरी भक्तपुर दरबन्दी मिलाइदिएका छन् । प्रमोद खड्काले भक्तपुर मालपोतका कार्यालय प्रमुख कुमारप्रसाद आचार्यसँग पनि मन्त्रीको नाममा ठूलो रकम मागेको नदिएपछि उनलाई समेत सरुवा गराउन मन्त्री बलरामलाई मनाइसकेका छन् ।

उदयपुर घर भएका प्रमोद खड्का विगत लामो समयदेखि कर्मचारी सरुवामा रकम उठाउने बदनाम बिचौलिया हुन् । उनको बास नै सामान्य वा भूमिब्यवस्था मन्त्रीद्वय गुप्ता र अधिकारीकोमा हुने गरेको छ । पेशा केही नभएका खड्का १ करोडको स्कोरपियो चढ्छन् भने करोडौंको सम्पत्ति जग्गा जमिन उनले जोडिसकेका छन् ।

गुप्ता र अधिकारीलाई उनले तिमी सम्बोधन गर्दै भन्ने गर्दछन् ‘फेरि मन्त्री हुने होइनौं, मौकामा चौका हान, खुरुखुरु मैले दिएको सूची अनुसार सरुवा गर, २–४ करोड उठाइदिन्छु भनेका छन् । त्यही भएर ओली सरकारका यी दुबै मन्त्री सरुवाबाटै १० करोड भन्दा बढी उठाउने दाउमा लागेका छन् । सरकार गठनको एक बर्ष पुगिसकेको छ । सरुवामा विबादमा परेपछि ४ महिनामै बर्खास्त हुने भनेर चर्चामा आएका गुप्ता र अधिकारी अब हट्न सक्ने भएकाले सरुवामा असुलीमा लागेका छन् । असुलीको सबै चाँजोपाँजो प्रमोद खड्काले मिलाएका छन् ।दृष्टि न्युज

Previous Post

बारा प्रहरीद्वारा साढे चारलाखकाे १ सय ८५ बाेरा अबैध केराउ बरामद

Next Post

दलबल सहित रविले भेटे सभामुख, फुकुवा होला सांसद पद ?

admin

admin

Next Post
दलबल सहित रविले भेटे सभामुख, फुकुवा होला सांसद पद ?

दलबल सहित रविले भेटे सभामुख, फुकुवा होला सांसद पद ?

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.