१७ चैत्र,बारा । पत्रकारको हत्या र संचार गृह माथि भएकाे आक्रमणको विरोधगर्दै बाराका पत्रकारहरुले आज हातमा कालाे पटि बाधि प्रदर्शन गरेका छन ।
बाराका पत्रकारहरुले आज हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन ।
पत्रकार सुरेश रजकको हत्या र संचार गृह माथिको आक्रमणको विरोधमा जिल्लाका सम्पुर्ण पत्रकारहरु नेपाल पत्रकार महासंघको आह्वानमा आफ्नो कार्य क्षेत्रमा हातमा कालोपट्टी बाँधेर विरोध जनाएको महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासले जानकारी गराए ।
काठमाडौमा राजावादीको प्रदर्शनमा परेर पत्रकार रजकको चैत १५ गते मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस् !