१६ चैत,बारा । काठमाडौमा राजावादीले गरेको प्रदर्शनमा गरिएको पत्रकार हत्या र मिडियामाथिको आक्रमणको विरुद्धमा महासंघले कलैयामा प्रदर्शन गरेको हो ।
महासंघले कलैयाको भरतचौकबाट निकालेको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर भरत चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
महासंघका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सम्पन्न विरोध सभामा महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव,महासंघ बाराका पुर्व अध्यक्ष कमल उपाध्याय, पुर्व उपाध्यक्ष राकेश पाण्डे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास,वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतले पत्रकार हत्या र संचार क्षेत्रमाथिको आक्रमणको विरोध गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला सचिव पुष्पराज खतिवडाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !