<span;>जेठ १९ बीरगञ्ज / बिरगञ्जकाे अलाै स्थित रहेकाे एकीकृत जाँच चाैकि ( आईसिपी ) का कर्मचारि र आईसिपि सुरक्षार्थ खटिएकाे शसस्त्र प्रहरी र भन्सारकाे कर्मचारिकाे मिलिमताेमा भारतबाट मालसमान बाेकि नेपाल भित्रिने मालबाहक गाडिसंग अबैध असुली गर्न थालेपछि चालकहरू आजित भएकाछन । भारतकाे विभिन्न प्रान्तबाट नेपाली उधाेगकाे लागि कच्चा पद्वार्थ बाेकेर आईसिपि हुँदै आएका कन्टेनर र ट्रकका चालकबाट माल अनलाेड गरेर फर्किने बेलामा मुल गेटमा खटिएकाे शसस्त्र प्रहरी ,भन्सार कर्मचारि र टर्मिनलका कर्मचारिले ७२ घण्टा नाघेकाे भन्दै रकम असुल्ने गरेकाछन । जबकि नियमानुसार कर्मचारिहरूले ७२ घण्टा पछि आएका गाडिलाई जरिवाना तिराउने कानुनी प्रावधान छ । भारतिय चालकहरूले आफुहरू उधाेगमा माल झारेर आउदा कहिले काहीँ बाटाेमा जाममा पर्ने गाडी पन्चर हुने कहिले त गाडि बिग्रि दिनाले समय सिमामा पुग्न न सकिदा बिलम्ब शुल्क भन्दा कम रकम दिएर जाने गरेकाे स्विकारछन । प्रत्येक दिन उठेकाे रकम बेलुकि बाडफाड गर्छन । यस सम्बन्धमा शसस्त्र प्रहरी १३ न. गणका निमित प्रमुख शसस्त्र प्रहरी नायक उपरिक्षक निर्मल थापाले यस्ताे भएकाे भए बुझेर कार्यवाहि गर्ने बताउछन । आईसिपि सुरक्षार्थ शसस्त्र प्रहरिकाे १३ न. गणबाट शसस्त्र प्रहरि नायब निरिक्षक ( सई ) काे कमाण्मा खटिने गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !