६ चैत,बारा । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।
त्यहां रहेको भौतिक संरचना थप व्यवस्थित गर्दै बसपार्कबाटै यात्री चढाउने र ओराल्ने कार्य आगामी बैशाख १ गतेदेखी हुने जनाइएको छ।
नगर प्रमुख बिनोद साहको अध्यक्षतामा बुधवार नगरपालिकाको सभाहलमा बसेको सर्वपक्षिय बैठकले बसपार्क संचालनका लागि आवस्यक तयारी चैत्र मसान्त भित्र सम्पन्न गरि बैशाख १ गतेदेखी बिधिवत रुपमा संचालन गरिने निर्णय भएको छ।
कलैया उपमहानगरपालिकाका जनप्रतिनिधी, जिल्लाका सुरक्षा प्रमुखहरु, बस तथा अन्य यातायात व्यवसयी संघ लगायतका प्रतिनिधि सम्मिलित बैठकले बसपार्क भित्र टिकट काउण्टर राख्ने, गाडी ईन्ट्री गर्ने तथा त्यसको रेकर्ड राख्ने र ती सबै कार्यकालागी नगर कार्यपालिकाले बसपार्क संचालन कार्यबिधी बनाउने निर्णय भएको छ।
सर्वपक्षिय बैठकमा नगर प्रमुख बिनोद साहले नगरभरी छरिएर रहेको ई-रिक्सा तथा अन्य साना सवारीहरुलाई रुट अनुसार संचालन गर्ने र भाडा निर्धारण गर्ने तयारी गरिरहेको बताए। उनले ती सवारीहरुलाई अनिवार्य रुपमा उपमहानगर कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए।
बैठकमा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी बसंत अधिकारीले व्यवस्थित रुपमा बसपार्क कलैयाको आवस्यक्ता रहेकोले त्यसको संचालनका निम्ति सबैको सहकार्य आवस्यक रहने बताए। उनले सुरक्षा र सहजिकरणका लागि जिल्ला प्रशासन कार्यालय तम्तयार रहेको बताए।
कार्यक्रममा प्रप्रअ नाथु साह, ससस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, बस व्यवसायी, रिक्सा, साना सवारी व्यवसायी लगायतकाको प्रतिनिधि सहभागी रहेका थिए।
प्रतिक्रिया दिनुहोस् !