Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

दीपक थापा बने नेपाल प्रहरीको ३१औं महानिरीक्षक

admin
admin
March 17, 2025
दीपक थापा बने नेपाल प्रहरीको ३१औं महानिरीक्षक
350
SHARES
ShareTweetSubscribe

४ चैत,काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

 

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।

 

भोलि कार्यालय समयको शुरुमै गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । यद्यपि नेपाल प्रहरी प्रधान कार्यालयमा निवृत्त हुन लागेका आईजी कुँवरसहितका उच्च अधिकृतको अहिले चलिरहेको बिदाई समारोहमै कुँवरले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी (चार्ज) हस्तान्तरण गर्दैछन् ।

 

थापाले कार्यभार सम्हाल्ने क्रममा भोलि बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ ।

२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । भक्तपुरबाट प्रहरीको आईजीपी हुने थापा दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आईजीपीको जिम्मेवारी बहन गरिसकेका छन् ।

 

थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।

 

डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंको कार्यालय प्रमुखको अनुभवसमेत हासिल गरेका छन् ।

 

उनी बेरुजु फर्छ्योट कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेकाले २०७५, ०७६, ०७७ र ०७८ सालमा प्रशंसापत्रसहित पुरस्कृत अधिकृत हुन् । प्रहरी कार्य (पुलिसिङ), मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापनसहित विपद् व्यवस्थापनमा उनको विशेष अनुभव रहेको मानिन्छ।

Previous Post

कर्मचारी भर्ना गर्न सुवर्णका अध्यक्षले लिए लाखौं कमिशन, जग्गा र भैंसी बेचेर कर्मचारीले बुझाए मेयरलाई घुस

Next Post

अछाममा ४.३ म्याग्निच्युडको भूकम्प

admin

admin

Next Post
काठमाडौँमा भूकम्पको धक्का

अछाममा ४.३ म्याग्निच्युडको भूकम्प

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.