ईर्साद अन्सारी
२३ फाागुन, बारा । सुक्रवार विहान भएको सवारी दुर्घटनामा परि बारामा एक जनाको ज्यान गएकाे छ।
कलैया उपमहानगरपालिका- १४ बघवनमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालकको ज्यान गएकाे बारा प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट बिजयपुर लक्ष्मिनिया नगरपालिका – ५ बरगिनियाका अन्दाजी. वर्ष ३५ का अनिल प्रसाद यादव रहेका छन्।
कलैया उपमहानगरपालिका स्थित बघवनमा बरियारपुरबाट कलैया तर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नं.को मोटरसाईकल एक आपसमा ठोकिएको हो।
बसको ठक्करबाट मोटरसाईकल चालक यादव घाईते भएकोमा प्रादेशिक अस्पताल कलैयामा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको बारा प्रहरीका सुचना अधिकारी तथा प्नारहरि नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी गराएका छन्।
मृतककाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयाको शव गृहमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस् !