Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेर खिचाए फोटो

admin
admin
March 4, 2025
भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेर खिचाए फोटो
350
SHARES
ShareTweetSubscribe

२० फागुन,काठमाण्डाै । सुन तस्करीका अभियुक्त भारतीय नागरिकले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। पश्चिम बंगालको हावडा जिल्लास्थित डोमजुर थानाअन्तर्गत बदमपुर टोल घर भएका बुद्धदेव मैतीले गृहमन्त्री लेखकलाई भेटेका हुन्।

।मैतीले गतसाता काठमाडौँमै गृहमन्त्री लेखकलाई भेटेका हुन्। भेटका क्रममा मैतीले गृहमन्त्रीसँग तस्बिर पनि खिचाएका छन्। मैती सुन र हीरा ओसारपसारका अभियुक्त हुन्।

 

उनलाई २०८० वैशाख २२ गते करिब ११ बजेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ शंकाराचार्य गेटबाट प्रहरीले तस्करीको सामानसहित पक्राउ गरेको थियो।

 

भारतबाट वीरगन्जतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको २२४.८०० ग्राम सुनका सिक्रीहरू र १४९.२५ ग्राम हीरा फेला पारेको थियो।

उनले उक्त सामान खरिद गरेको बिल र भन्सार तिरेको रसिद बुझाउन सकेका थिएनन्। जिल्ला प्रहरी कार्यालय पर्साले २०८० वैशाख २४ गते थप कारबाहीका लागि प्रतिवेदनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको थियो।

बरामद सामानको परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी संघले सुनका सिक्रीहरूको शुद्धता ८५ प्रतिशत कायम गरेको थियो। त्यसअनुसार सुनको तौल १८१.०८० ग्राम कायम भएको थियो। त्यतिबेला प्रचलित दर रेट अनुसार १८ लाख ३९ हजार ८१८ रुपैयाँ कायम गरिएको थियो।हिराबापत समेत गरी २९ लाख ४४ हजार ६३३ बजार मूल्य कायम भएको भन्दै उनीविरुद्ध ३० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

मैतीले राजस्वले माग गरेको धरौटी राष्ट्रिय वाणिज्य बैंक कलैयामा बुझाएर भौचर पेस गरेका थिए। उनलाई त्यसपछि साधारण तारेखमा रिहा गरिएको थियो। तर राजस्वले २०८० माघ २२ गते फैसला सुनाएको थियो।

 

त्यसअघि नेपाल राष्ट्र बैंकले उनीबाट बरामद भएका सामानको मूल्य निर्धारण गरेको थियो। टक्सार महाशाखाले सुनका गरगहना गाल्दा २१७ ग्राम यकिन भएको र उक्त मितिमा सुनको बजार मूल्य प्रति १० ग्राम ९६ हजार २८० रुपैयाँ दरले ३१ लाख ९४४ हजार १९१ रुपैयाँ कायम भएको थियो।

 

मैतीले धरौटी राखेको ३० लाख रुपैयाँ कट्टा गरी थप १ लाख ९४ हजार १९१ रुपैयाँ थप माग गरिएको थियो। उनलाई उक्त रकमसमेत दाखिला गर्न लगाइ खोजेका बखत उपस्थित हुने र नभएमा धरौटी रकम जफत गर्ने सर्तमा छाडिएको थियो।

राजस्व अनुसन्धान कार्यालयले ५० लाखसम्म बिगो कायम भएका मुद्दामा आफैँ फैसला गर्न सक्छ। त्यो भन्दामाथिको मुद्दा सम्बन्धित क्षेत्रको उच्च अदालतमा दायर गर्छ। मैतीको मुद्दा पनि राजस्व कार्यालयले नै आदेश गरेको हो। सुन तथा हिरा तस्करीका उनै भारतीय अभियुक्तलाई गृहमन्त्रीले भेटेका हुन्।साभार-नेपाल खबर

Previous Post

बारा यातायात कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुगमन,सेवालाई चुस्त बनाउन निर्देशन

Next Post

सेट्टिङ्गमै चल्छ सुवर्ण गाउँपालिका, जुनियर कर्मचारीलाई हाकिम बनाएर मेयर भए मालामाल

admin

admin

Next Post
सेट्टिङ्गमै चल्छ सुवर्ण गाउँपालिका, जुनियर कर्मचारीलाई हाकिम बनाएर मेयर भए मालामाल

सेट्टिङ्गमै चल्छ सुवर्ण गाउँपालिका, जुनियर कर्मचारीलाई हाकिम बनाएर मेयर भए मालामाल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.