२० फागुन,बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारीसहितको टोलीले सोमबार कलैया स्थित यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ।
सेवा प्रवाहबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा यातायात कार्यालयका प्रमुख अविन्दर दाससँग छलफल गरि सेवालाई चुस्एत बनाउन निर्देशन दिएकाछन । सो क्रममा सिडिओ अधिकारीले सेवा प्रवाहको अवस्था बुझी सुधारका लागि आवश्यक निर्देशन समेत दिए ।
अनुगमनका क्रममा नयाँ लाइसेन्स लिने सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको सिडिओ अधिकारीले बताए ।
सिडिओ अधिकारीले स्वास्थ्य परीक्षण सही तरिकाले गराउन तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न पनि निर्देशन दिए ।
साथै, उनले कार्यालयका कर्मचारीहरूलाई नियमित रूपमा समयमै उपस्थित भई छिटो-छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न सचेत गराए ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ तथा प्रशासन कार्यालय बाराका मुद्दा शाखाका नायब सुब्बा अरुण साह समेतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !