Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुवर्ण गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष यादवको मोबाईल र सिम सहित तिनजना नियन्त्रणमा

admin
admin
February 27, 2025
सुवर्ण गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष यादवको मोबाईल र सिम सहित तिनजना नियन्त्रणमा
600
SHARES
ShareTweetSubscribe

१५ फागुन,बारा । बाराको सुवर्ण गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसंधान आयोग काठमाडौंको टोलिले छापामारी गरेको छ।

बढ्दो भ्रष्टाचारका समाचारहरु बाहिर आएपछी अख्तियारको टोलिले फागुन ५ गते कवहीगोठ स्थित पालिकाको कार्यालयमा छापा मारेको हो।

छापामारीको क्रममा अख्तियारले गाउँपालिका प्रमुख राजेश प्रसाद यादवलाई नियन्त्रणमा लिई करिब तिन घण्टा सोधपुछ गरेको समाचार प्राप्त भएको छ।

अध्यक्ष यादवको कलैया-४ स्थित गढिमाई दूध डेरिको खातामा अप्रत्याशित रुपमा लाखौं रकम विभिन्न व्यक्तिबाट ट्रान्सफर भएको सुचनाको आधारमा त्यसको छानबिन गर्न छापामारी गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताएका छन।

यादवले प्रयोग गर्ने दुई वटा मोबाईल तथा त्यसमा प्रयोग हुने ४ वटा सिमकार्ड समेत नियन्त्रणमा लिइएको उनले बताए।

अख्तियारले गाउंपालिकाका ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ। नगर प्रहरी हवल्दार रोज महम्मद, जवान बिरभुषण प्रसाद यादव तथा गाउंपालिका अध्यक्ष यादवको नातामा भन्जा पर्ने वन हेरालु पदमा कार्यरत सुरेश प्रसाद यादवलाई नियन्त्रणमा लिएइको जनाईएको छ। नियन्त्रणमा लिइएका तिनैजनाको खातामा पनि अप्रत्याशित रुपमा लाखौं रकम ट्रान्सफर भएर आएकोले त्यसबारे छानबिन गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको जनाईएको छ। अहिले उनिहरुलाई जनही ५०-५० हजार रुपैयां धरौटि राखी बोलाएको बखत उपस्थित हुने शर्तमा छोडिएको छ।

घटनालाई गुपचुप राखिएपनी अख्तियारले नै यसबारे प्रष्ट पारेपछी छानबिन खबरले प्रकाशित गरेको हो।

गाउंपालिकाका सुचना अधिकृत मृगेन्द्र यादवले समेत अख्तियारको टोलि आएको र अध्यक्षज्युसंग सोधपुछ गरेको स्विकारेका छन। तर उनले थप खुलाउन चाहेनन।

अख्तियारको छापा बारे बुझ्न पालिका अध्यक्ष राजेश प्रसाद यादवको फोन नम्बर ९८५५०४८८८७ र ९८५५०४८८४२ मा सम्पर्क गर्दा स्विच अफ रहेको छ।

यसअघि सुवर्ण गाउंपालिकामा व्यापक भ्रष्टाचार भइरहेको खबर संचारमाध्यममा आएका छ्न। लक्षितवर्गको लागि छुट्टयाईएको करोडौको बजेट टुक्रा पारेर २० देखि ५० प्रतिशत अग्रीम कमिशन लिई बिक्री बितरण गर्ने गरिएको आरोप समेत लागेको छ।

योजना बिक्रीका साथै कर्मचारी भर्नामा व्यापक रकमकाे चलखेल भएको निवेदनको आधारमा अनुसंधान गरिरहेको अख्तियार प्रवक्ता घिमिरेले जानकारी दिए।

अध्यक्ष राजेश यादवको प्रत्यक्ष संलग्नतामा भइरहेको योजना बिक्रीबितरण तथा कर्मचारी भर्ना बापत उठाईएको कमिशनका रकम उनको डेरि र कर्मचारीहरुको खातामा जम्मा गर्न लगाइएको आशंका व्यक्त गरिएको छ।

यादवकै सेटिङ्गमा त्यहां कनिष्ट तथा स्वास्थ्य सेवाका कर्मचारी सुजित यादवलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा ल्याईएको र ‘मिलिजुली’ भ्रष्टाचार गर्ने गरिएको स्थानिवासिले आरोप लगाएका छ्न। अधिकृत सुजित यादव सोही गाउंपालिकाको वडा नं.४ का वडाध्यक्षका छोरा हुन।

केहिदिन पहिला मात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत यादवको ‘निमित्त’ भएर काम गर्ने अधिकार खोसेको थियो। तर केहिदिनमै ‘नजराना’ बुझाएर उनी त्यही पदमा कायम भएका थिए।

Previous Post

सुवर्ण गाउँपालिकाको ब्रह्मलुट- तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जनप्रतिनिधी मालामाल

Next Post

भूकम्पको झड्का

admin

admin

Next Post
बझाङको खिराताडीमा भूकम्प

भूकम्पको झड्का

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.