ईर्साद अन्सारी
२९ माघ,पर्सा । पर्साको ठोरी गाउँपालिकामा एक जना पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।
ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै भारतीय पुरुषको शव मृत अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय ठो
रीका प्रमुख प्रहरी निरीक्षक रञ्जित लामाका अनुसार, मृतकको पहिचान भएकाे र उनी भारतको पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझी रहेका छन ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पाेष्टमार्टका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको इन्स्पेक्टर लामाले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !