१७ माघ, बारा । नेपाल पत्रकार महासंघ बारा शाखाले राष्टृियसभामा दर्ता गरिएको सामाजिक संजाल संचालन, प्रयोग, र नियमन सम्बन्धी अध्यादेशको बिरोध गरेको छ।
महासंघा बारा शाखाका अध्यक्ष रमेश सुबेदीले आज एक बिज्ञप्ति जारी गर्दै उक्त बिधेयकको बिरोध गरेका हुन।
महासंघ बारा शाखा सामाजिक संजाल नियमन गर्ने पक्षमा रहेपनी त्यसलाई नियन्त्रण गर्न खोज्नु प्रेश स्वतन्त्रता तथा बोल्न पाउने हकमाथी बन्देज सरह हुने भएकोले बिधेयकबाट आनावास्यक प्रावधानहरु हटाउनुपर्ने अध्यक्ष सुबेदीले जारी गरिएकाे बिज्ञप्तिमा उल्लेख गरिएको छ।








प्रतिक्रिया दिनुहोस् !