१०माघ, बारा । विभिन्न परियोजनाका नाममा गैरसरकारी संस्थाहरुले करोडौ रुपैया खर्च गरेपनी बारामा त्यसको उपलब्धी खासै देखिएको छैन।
दातृ निकायले बिना ठोस योजना र अनुगमन जिल्लाका केहि स्थानिय एनजिओहरुलाई करोडौ रुपैया प्रदान गरेपछी उनिहरुले मनलाग्दी गर्ने गरेको पाईएको छ।
महिला, बालबालिका, युवायुवती तथा अपाङ्हरुको क्षमता अभिवृद्धी, उद्दार एवम पुन:स्थापन, स्वास्थ्य, स्वरोजगार तथा भौतिक निर्माण लगायतका कामका लागि करोडौ रुपैया स्थानिय एनजिओ तथा प्रत्यक्ष रुपमा केहि अन्तरराष्ट्रीय एनजिओहरुले खर्च गरेपनी त्यसको खासै प्रभाव देखिएको छैन।
स्थानिय स्तरमा प्रभाव पर्नुभन्दा कागजमै कार्यक्रम सम्पन्न गरि रकम अपचलन गर्ने गरेको प्रमाणहरु फेला परेका छन।
केयर नेपाल, युनिसेफ, एसिया फाउण्डेशन, युएनडिपी, युएन वुमेन, युएसएड तथा बिभिन्न दुतावासहरुको डाईरेक्ट लगानीमा कार्यक्रमहरु बनाउने गरिएपनी बाराका १६ वटै पालिकामा त्यसको प्रभाव प्राय: शुन्य छ।
खासगरी बालबालिकाको नाममा अनेकौ देशीबिदेशी संस्थाहरुसंग करोडौ बजेट ल्याएका संस्थाहरु आफै मोटाएका छन तर बालबालिकाहरुको अवस्था भने दयनिय छ।
अहिलेपनी सडक बालबालिकाहरु छ्याप्ती-छ्याप्ती देखिका छन। सडकमा प्लास्टिक तथा बोटल खोज्दै हिड्ने बालबालिकाहरुको अवस्था बिकराल छ। होटल तथा खाजाघरहरुमा नाबालक बच्चाहरु भाडा माझेको कलैया लगायत हरेक पालिकामा देख्ने गरिको छ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद तथा अन्य बालबालिका सम्बन्धी काम गर्ने निकायले बजेट लगानी गरेर अनुगमन, तथा सुपरिवेक्षण नगर्दा स्थानिय एनजिओले कागज बनाएर रकम कुम्ल्याउने गरेको पाईएको छ।
बारामा मात्रै १० वर्ष पहिला आएका एनजिओका संचालक अहिके करिडौ सम्पत्तीको मालिक भएका छन भने लक्षित वर्ग जस्ताको त्यस्तै अवस्थामा छन।
यी संस्थाहरुको अनुगमन गर्ने निकाय सकृय नहुदा जिल्ला वा पालिकामा के-कति बजेट आएको छ, खर्च भएको छ, भन्ने कुराको यकिन हुने तथ्यांक समेत भेटिन समस्या छ।
यसरी गरिब निमुखाहरुको उत्थानका लागि आएको रकम केहि एनजिओका संचालकहरुले भ्रष्टाचार गरेर कुम्लाउंदा त्यसको छनबिन गर्न स्थानियबासीको जोडदार माग गरेका छन।









प्रतिक्रिया दिनुहोस् !