Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

सरकारी वकिल भन्छन् : वतन नखुलेकाले प्रतिवादी बनाइएन

admin
admin
January 6, 2025
स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका कांग्रेस सांसद माया राईलाई उन्मुक्ति
700
SHARES
ShareTweetSubscribe

२२ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ ।

दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको छ ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तर सञ्चालक समितिमै रहकी राईलाई भने उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइएको छ । राई आर्थिक वर्ष २०७३÷७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चचालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत बनेकी थिइन् ।

उनी जनजाती कोटाबाट नोपली कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । सत्ताको मुख्य घटन कांग्रेसकी सांसद राईलाई उन्मुक्ति दिएर मुद्दा दायर भएको छ ।

यसबारे जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं भने वतन यकिन नभएको प्रतिवादी नबनाइएको दाबी गरेको छ ।

सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले भन्छन्, ‘प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका पाँचजनाविरुद्ध पूरा ठेगाना नखुलेकाले अहिले मुद्दा दायर नभएको हो । यद्यपी उहाँहरुको हकमा अनुसन्धान जारी नै छ । पछि वतन खुलेपछि उहाँविरुद्ध मुद्दा दायर हुन्छ ।’

सरकारी वकिल कार्यालयका प्रमुख काफ्ले भने सांसदको समेत वतन नखुलेको भन्दै पन्छिने गरेका छन् । जबकी पक्राउ पुर्जी जारी गर्ने बेलामै तीन पुस्ते र वतन समेत खुलाएर पक्राउ पुर्जी जारी हुने गर्छ । अनलाइन खबरबाट

Post Views: 2
Previous Post

सर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

Next Post

Breking news

admin

admin

Next Post
बझाङको खिराताडीमा भूकम्प

Breking news

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.