Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

सरकारी वकिल भन्छन् : वतन नखुलेकाले प्रतिवादी बनाइएन

admin
admin
January 6, 2025
स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका कांग्रेस सांसद माया राईलाई उन्मुक्ति
700
SHARES
ShareTweetSubscribe

२२ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ ।

दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको छ ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तर सञ्चालक समितिमै रहकी राईलाई भने उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइएको छ । राई आर्थिक वर्ष २०७३÷७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चचालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत बनेकी थिइन् ।

उनी जनजाती कोटाबाट नोपली कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । सत्ताको मुख्य घटन कांग्रेसकी सांसद राईलाई उन्मुक्ति दिएर मुद्दा दायर भएको छ ।

यसबारे जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं भने वतन यकिन नभएको प्रतिवादी नबनाइएको दाबी गरेको छ ।

सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले भन्छन्, ‘प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका पाँचजनाविरुद्ध पूरा ठेगाना नखुलेकाले अहिले मुद्दा दायर नभएको हो । यद्यपी उहाँहरुको हकमा अनुसन्धान जारी नै छ । पछि वतन खुलेपछि उहाँविरुद्ध मुद्दा दायर हुन्छ ।’

सरकारी वकिल कार्यालयका प्रमुख काफ्ले भने सांसदको समेत वतन नखुलेको भन्दै पन्छिने गरेका छन् । जबकी पक्राउ पुर्जी जारी गर्ने बेलामै तीन पुस्ते र वतन समेत खुलाएर पक्राउ पुर्जी जारी हुने गर्छ । अनलाइन खबरबाट

Previous Post

सर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

Next Post

Breking news

admin

admin

Next Post
बझाङको खिराताडीमा भूकम्प

Breking news

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.