१२ पुस,बारा । नेपाल राष्ट्रिय नमुना माध्यमिक विधालय, कलैया-१ ले त्यहां अध्ययनरत करिब साढे ३ सय विधार्थीहरुलाई जाडोबाट बच्न जुत्ता, मोजा, टाई तथा बेल्ट वितरण गरेको छ।
विधालयको बाल विकाश देखि कक्षा १० सम्मका करिब साढे तीन सय विधार्थीहरुलाई उक्त सामग्री आज एक कार्यक्रमकाबिच वितरण गरिएको हो।
विधालय व्यवस्थापन समितीका अध्यक्ष अभिषेक साहको अथक प्रयासबाट विभिन्न दातृहरुको सहयोगमा ‘न्यानो जुत्ता, उज्वल भविष्य’ नाराका साथ उक्त सामाग्री वितरण गरिएको हो।
सामुदायीक विधायलयमा पढ्ने विधार्थी विपन्न वर्गका रहेका र चिसोबाट वच्न आफैले ती सामाग्रीहरु जोहो गर्ने अवस्था नभएपछि अध्यक्ष साहले विभिन्न सरकारी-गैरसरकारी दातृहरुको सहयोगमा विधालयका सबै विधार्थीहरुकोलाई उक्त सामाग्री व्यवस्थापन गरेर वितरण गराएका हुन।
सोही कार्यक्रमको प्रमुख अतिथी कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले विधार्थीहरुलाई सामग्री वितरण गर्नुका साथै नवनिर्मित ‘साईन्स ल्याब’को रिबिन काटेर उदघाटन गर्नुभयो।
उपमहानगरको लगानीमा उक्त साईस ल्याबको स्थापना गरिएको हो। साईन्स ल्याब स्थापना भएसंगै कक्षा ९ र १० विधार्थीहरुले विज्ञान प्रयोगशालाको रुपमा ल्याबलाई प्रयोग गर्ने विधालयका प्रधानाध्यापक रामनाथ मिश्रले बताए।
सो अवसरमा वडाध्यक्षहरु मोहन बहादुर क्षेत्री, रामेश्वर यादव, शिक्षा शाखा प्रमुख प्रह्लाद वर्णवाल, अधिकृत विजय अधिकारी, नगर शिक्षा समितिका म.सगिर, मनोज जयसवाल, वडा सदस्य शशी दास, सामाजिक अभियन्ता जितेन्द्र यादव, विव्यसका सदस्यहरु, विधार्थी, शिक्षक तथा अभिभावक हरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस् !