२९ मंसिर,बारा । नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित भएका छन् ।
शुक्रवार नेपाल पत्रकार महासङ्घको देशभर एकैसाथ सम्पन्न निर्वाचनको क्रममा बाराका पत्रकारहरूले पनि नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए ।
मतगणना पूरा भएपछि समाजवादी प्रेस सङ्गठनका उम्मेदवार सुवेदीले नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदमा जित हासिल गरेका हुन् ।
निर्वाचन कार्यालयका अनुसार, सुवेदीले ७१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्याम यादवलाई चार मतको झिनो अन्तरले पराजित गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका साझा उम्मेदवार यादवले ६७ मत प्राप्त गरेका छन्
कूल १३९ मत खसेकोमा अन्य केही मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अध्यक्ष निर्वाचित सुवेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्यसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस् !