१८ मंसिर,बारा । वीरगञ्जका वरिष्ठ पत्रकार सरोज खडका रहेनन उनकाे ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको छ। वीरगञ्ज महानगरपालिका वडा नं. १३, मुर्ली नयकाटोलास्थित आफ्नै निवासमा उहाँले अन्तिम सास लिनुभएको हो।
पत्रकारिता क्षेत्रमा लामो समयसम्म आफ्नो कलम चलाउँदै आएका खडका वीरगञ्जका विभिन्न पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा संलग्न रहँदै आएका थिए। उहाँका दुई छोरा, दुई छोरी र श्रीमती छन्।
खडका केही समयदेखि अस्वस्थ रहनुभएको थियो। नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ घरमै उपचार गराइरहनुभएको थियो। उहाँको निधनसँगै पर्सा जिल्लाको सञ्चार क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ।
पारिवारिक स्रोतका अनुसार, खड्काको अन्तिम संस्कार आज बिहान वीरगञ्जको अशोकवाटिकास्थित श्मशानघाटमा गरिनेछ।
प्रतिक्रिया दिनुहोस् !