१२ मंसिर, काठमाण्डाैं । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेसकाे महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग सोधपुछ गरेका छन्।
सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्री लेखकले मंगलबार स्पष्टीकरण सोधेका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर ७ गते महोत्तरी प्रशासनका नायव सुब्बा अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस् !