२० कार्तिक,पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप ५ दिनको समय दिएको छ । जिल्ला अदालतका कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ५ दिन तिहार विदामा कटौती भईसकेको छ । लामिछाने अब ५ दिन हिरासतमा रहनेछन् ।
रवि लामिछानेको पक्षबाट बहस गरेका अधिकवक्ता डा. नारायणदत्त कंडेलका अनुसार रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको थियो । सहकारी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले थप समय माग गरेको थियो । तर सरकारी वकिलले म्याद थप हुनुपर्ने बलियो आधार केही पनि पेश गर्न नसकेको कंडेलले बताए ।
लामिछाने तर्फका अधिवक्ताहरुले लामिछानेको बयान सकिएको, कागजपत्र पेश भैसकेका र रवि लामिछाने कतै भागेर जाने अवस्था पनि नभएकाले म्याद थप गर्न नहुने र रिहाई गर्नुपर्ने जिकिर गरेका थिए ।
लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, नारायण घिमिरे, डा.नारायणदत्त कँडेलले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !