३ कार्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ र पोखरामा एकै साथ विरोध प्रदर्शन गरेको छ ।
माइतघरमण्डलमा दिउसो १ बजेबाट सुरु भएको विरोध प्रदर्शन ठुलो संख्यामा लामिछानेका समर्थक सहभागी भएका छन् भने विहान ११ बजेबाट सुरु भएको पोखराको मानवअधिकार चोकमा पनि ठुलो संख्यामा समर्थकहरु उपस्थित भएर लामिछानेलाई पक्राउ गरिएकोमा विरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस् !