Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३९२ किलो गाँजा बरामद, २ जना पक्राउ

admin
admin
October 8, 2024
मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३९२ किलो गाँजा बरामद, २ जना पक्राउ
550
SHARES
ShareTweetSubscribe

२२ असाेज,पर्सा । मकवानपुरको हेटौंडामा तेल ट्यांकरमार्फत भारततर्फ तस्करीको तयारीमा रहेको ३९२ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्रिभुवन राजमार्ग हुँदै पालुङबाट वीरगञ्जतर्फ आइरहेको ना ७ ख १७७१ नम्बरको तेल ट्यांकरबाट गाँजा बरामद भएको हो ।

मंगलबार बिहान करिब ३ बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डमा विशेष सूचनाका आधारमा प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको थियो । मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले तेल ट्यांकरसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

ट्यांकरका चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे घर भएका २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरिएको हो । ट्यांकरका पाँचवटा डिब्बामध्ये तेस्रो डिब्बामा २५ वटा पोका बनाइ गाँजा लुकाएर राखिएको अवस्थामा भेटिएको डिएसपी अर्यालले बताए ।

गाँजाको अवैध तस्करी वीरगञ्जको सीमा क्षेत्रबाट भारतीय बजारसम्म पु¥याउने योजना रहेको आशंका गरिएको छ । मकवानपुरको विकट गाउँ क्षेत्रमा गाँजा उत्पादन हुने गरे पनि यस प्रकारको तस्करी मकवानपुरबाट वीरगञ्ज हुँदै भारतसम्म गरिन्छ। प्रहरीको सक्रियताले गाँजा खेती नष्ट गर्नका लागि अभियान चले पनि तस्करी र उत्पादनमा कमी आएको छैन ।

वीरगञ्ज नेपाल–भारत सीमा नजिकैको प्रमुख नाका भएकाले लागूऔषध तस्करीको उच्च जोखिममा रहेको छ। यो घटनाले सीमा क्षेत्रमा अझ कडा निगरानी आवश्यक रहेको सन्देश दिन्छ, जसले गर्दा लागूऔषधको अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्न सक्दछ।

 

Previous Post

बारामा लुटपाट गर्ने चारजना भारतीय प्रहरिकाे फन्दामा

Next Post

एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह कसुरमा एक वर्ष कैद

admin

admin

Next Post
एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह कसुरमा एक वर्ष कैद

एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह कसुरमा एक वर्ष कैद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.