८ असोज, बारा । बारा प्रहरीले आज एउटा घरमा छापामारी गरेर करिब साढे दुईलाख मुल्य बराबरको चिनी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरि टोलीले आज कलैया उपमहानगरपालिका-२५ सिसहनिया स्थित एक घरमा छापा मारेर दुई लाख ५९ हजार मुल्य बराबरको ६१ बोरा चिनी र एउटा बोरा सिलाउने मेशीन बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
कलैया उपमहानगरपालिका-२५ सिसहनिया स्थित तजमोदिन अंसारीको घरमा छापामारी गरेर चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट अवैध रुपमा ल्याएर लुकाई राखिएको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार बरामद गरिएको सो चिनी प्रभाकर नाम गरेको तस्करको रहेकाे बताइन्छ ।
तस्करले भारतबाट चिनी ल्याएर सिसहनियामा थुपारेर बिल काटेर काठमाडौ पठाउने गरेका थिए ।
प्रहरीले विशेष सुचनाको आधारमा छापामारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस् !