७ असाेज, बारा । राैतहटको राजपुरमा झाडा पखाला तथा हैजा फैलिएपछि स्थानीय प्रशासनले रोकथामको उपाय अवलम्बन गरेको छ । केही दिनअघि राजपुर नगरपालिका–४, मा देखिएको झाडापखाला तथा हैजाका बिरामी बढन् थालेपछि जिल्ला प्रशासन कार्यालय, रौतहटले सो क्षेत्रमा मानिसको आवतजावतलगायत विभिन्न गतिविधिमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले वडा नम्बर ४, जोवैर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खलिहानदेखि डा.नुरुल होदाको घरसम्मको वरीपरिको घरधुरी क्षेत्रमा एक घर वा बस्तीबाट अर्को घर वा बस्तीमा आवतजावतमा रोक लगाएको हो ।
तोकिएबमोजिमको क्षेत्रहरुमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीहरु र अत्यावश्यक वा अत्यन्त जरुरी कामबाहेक कुनै पनि व्यक्तिको हिँडडुल गर्ने र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गर्ने,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी आदेशमा भनिएको छ ।
त्यस्तै, अत्यावश्यक सेवाबाहेकका सवारीसाधनको आवतजावतसहित उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्न र सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र शर्तहरुको कार्यान्वयन गर्न गराउन पनि निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस् !