Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कोटा नपाएको भन्दै यातायातको लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गराए प्रदेश सांसद श्याम पटेलले

admin
admin
September 17, 2024
कोटा नपाएको भन्दै यातायातको लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गराए प्रदेश सांसद श्याम पटेलले
700
SHARES
ShareTweetSubscribe

१ असाेज,पर्सा । प्रदेश सभा सदस्य श्याम पटेलको हस्तक्षेपका कारण वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको लिखित तथा प्रयोगात्मक परीक्षा आज २० दिनदेखी स्थगित गरिएको छ ।

प्रदेश सभा सदस्य पटेलको हस्तक्षेपका कारण श्रम तथा यातायात मन्त्रालयको भदौ १२ गतेको आदेशले भदौ १३ र १४ गतेका लागि तय गरिएको परीक्षा अर्को आदेश नभएसम्मका लागी रोक लगाएको छ । मन्त्रालयको निर्णयको औपचारिक सूचना सचिवस्तर बाट जारी हुनुपर्नेमा शाखा अधिकृत सुनिल कुमार शाहको पत्रमार्फत परीक्षा स्थगित गर्न आदेश दिएको थियो । यो नै शङ्काको विषय देखिन्छ,

भदौ १२ गते जारी सूचनामा मन्त्रालयको अनुमति विना कुनै वर्गको लिखित वा प्रयोगात्मक परीक्षा नगर्न भनिएको छ । यसै आधारमा यातायात व्यवस्था कार्यालयका प्रमुख कमलराज गौतमले परीक्षाहरू स्थगित गरिएको सूचना जारी गरेका छन् ।

यसअघि सबै सदर अहिले परीक्षा बदर

श्रम तथा यातायात मन्त्रालय अन्तर्गत मधेश प्रदेशको आठवटा जिल्लामा लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको छ तर पर्सा जिल्लामा भने प्रदेश सांसद श्याम पटेलको ठाडो आदेशमा रोक लगाएको देखिन्छ । नेपाली काङ्ग्रेसका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवले प्रदेश सांसद श्याम पटेलसहित साउन १६ गते वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयको कामकाजबारे निरीक्षण गरेका थिए । उतिबेला कार्यालयमा अवलोकन गर्ने क्रममा कुनै त्रुटि वा कमी कमजोरी अवलाएका थिएनन् ।

नाम नराख्ने शर्तमा एक सेवाग्राहीले भने, यसअघि भए गरेका सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षामा प्रदेश सांसद श्याम पटेलका विश्वास पात्र नेपाल विद्यार्थी सङ्घका केन्द्रिय सदस्य समेत रहेका विकेश पटेलले पाएको कोटा मार्फत विभिन्न व्यक्तिहरूलाई पास गराउने गर्दै आएका थिए । प्रदेश सांसद श्याम पटेलको नाममा मात्रै १२ देखी १५ जनालाई पास गराउँदै आएका थिए । तर अहिले नयाँ कार्यालय प्रमुख भएर आएपछि उनको ठाडो निर्देशनमा लिखित तथा प्रयोगात्मक परीक्षा लिन रोक लगाएको हो ।

अवलोकन भ्रमणमा आएका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादव, प्रदेश सांसद श्याम पटेलसँगै उनका विश्वास पात्र रहेका विकेश पटेल समेत सँगसँगै रहेका छन् । प्रदेश सांसदका हरेक गतिविधिमा विशेष भूमिका उनको रहेको देखिन्छ । विभिन्न समाजिक सञ्जालको पोष्टले समेत पुष्टि गर्छ ।

श्रम तथा यातायात मन्त्रालयको कार्यप्रति रुष्ट हुदैँ जनतालाई दुःख दिने नियतले पर्सामा लिखित तथा प्रयोगात्मक परीक्षा रोक लगाएको स्थानीय शिवशंकर यादव बताउँछन् । यस्तै भागभण्डा नमिलेर रोक लगाउने काम गरेको अर्का सेवाग्राही रवि वर्णवालले आराेप लगाए ।

कार्यशैलीप्रति प्रदेश सभामा विरोध

विना कारण लाइसेन्स रोक लगाएको प्रति प्रदेश सभाको बैठकमा समेत विरोध भएको छ । प्रदेश सांसद विना शर्माले प्रदेशको ७ वटा जिल्लामा लिखित तथा प्रयोगात्मक भइरहेको तर विना कारण पर्सामा रोक लगाएको प्रति आपती जनाएकी थिइन् । गलत भए कारण देखाउनुपर्ने प्रदेश सभामुख समक्ष उनको प्रश्न थियो ।

प्रदेश सरकारले दिएको ठाडो आदेशका बारेमा यातायात व्यवस्था कार्यालयलाई कुनै जानकारी नभएको कार्यालय प्रमुख कलराज गौतम बताउँछन् । आफ्नो आमाको पुण्यतिथिमा रहेकाले आउन नपाउँदै एकाएक परीक्षा स्थगीतको यस्तो पत्र आएको उनले बताए । हामीले आफ्नो जिम्मेवारी सहिढंगबाट गर्न प्रयासरत छौँ गुनासा भए हामी सच्चयाउन तयार रहेको उनले बताए ।

यता यस विषयमा प्रदेश सांसद श्याम पटेलले भने, उल्टै कार्यालयको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले केही दिन मै परीक्षा सञ्चालन हुने दाबी गरेका छन् । साभार-सिधाकुरा

 

Post Views: 3
Previous Post

दिल्लीका मुख्यमन्त्री केजरीवाले गरे राजीनामाको घोषणा

Next Post

बर्दियामा एक महिलाको हत्या, हत्या अभियाेगमा प्रहरी द्वारा एकजना पक्राउ

admin

admin

Next Post
बर्दियामा एक महिलाको हत्या, हत्या अभियाेगमा प्रहरी द्वारा एकजना  पक्राउ

बर्दियामा एक महिलाको हत्या, हत्या अभियाेगमा प्रहरी द्वारा एकजना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.