४ भदाै,काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी गरेको छ । टिकटकले नेपालको कानून तथा नीति/नियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा छलफल सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र कुमार ठाकुरले टिकटकले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीति÷नियम पालना गर्ने प्रतिबद्धता जनाउँदै पत्र पठाएपछि यसविषयमा छलफल सुरु गरिएको बताए ।
यसअघि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्राचार गर्दै आएको टिकटकले पछिल्लो पटक सिधै सञ्चारमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेको छ । मन्त्रालयका अनुसार नेपाल सरकार र टिकटकबीच आठ पटक पत्राचार भइसकेको छ । पछिल्लो प्रतिबद्धतासँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस् !